• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

थप अधिकारका लागि सङ्घर्ष गरौँ–महिला नेत्री



काठमाडौँ । विभिन्न राजनीतिक दलका नेत्री तथा महिला सांसदहरुले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि सम्पूर्ण महिला एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

१०९औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को सन्दर्भमा यहाँ आज आयोजित साक्षात्कारमा सांसद उमा रेग्मीले राज्यका हरेक संरचनामा व्यावहारिक रुपमा महिलाको समान सहभागिताको माग गर्नुभयो । “८ महीनासम्म एउटा बलात्कारी किन पक्राउ परेन रु सरकारले नचाहेको हो, नसकेको होइन”, सांसद रेग्मीले भन्नुभयो । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धको आधार’ भन्ने मूलनाराका साथ आज देशैभरी विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिए पनि त्यो प्रर्याप्त हुन नसकेको गुनासो गर्नुभयो । उहाँले आरक्षण ३३ प्रतिशतको बाध्यकारी नियमले मात्रै महिलाको सहभागिता बढेको उल्लेख गर्दै स्थानीय निकायमा प्रमुख जति सबै पुरुष र उपप्रमुखजति सबै महिलालाई दिइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

नेकपाकी नेत्री तथा सांसद शान्ता चौधरीले निर्मला हत्याकाण्डका अपराधी पत्ता लगाउनु सरकारको प्रमुख मुद्दा भएको बताउँदै बलात्कारी पत्ता लाग्नेमा शङ्का नगर्न आग्रह गर्नुभयो ।