• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड ★   यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु ★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन

सवारी दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु



मेक्सिको । मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

मध्य अमेरिकी आप्रवासीहरु बोकेको ट्रक बिहीबार दुर्घटनाग्रस्त भएको हो । सो घटनामा परी अरु ३२ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

छिमेकी मुुलुक ग्वाटेमालासँगको सीमा क्षेत्रमा पर्ने चियापास राज्यमा उक्त ट्रक दुर्घटनाग्रस्त भएको हो । तीव्र गतिमा रहेको उक्त ट्रक सडकमा पल्टिएको थियो ।

होन्डुरस, एल–साल्भाडोर र ग्वाटेमाला समेतका मध्य–अमेरिकी राष्ट्रहरुबाट मेक्सिको हुँदै बर्सेनि ठूलो संख्यामा मानिसहरु अमेरिका प्रवेश गर्न जोखिमपूर्ण यात्रा गर्दछन् । बाटोमा आइपर्ने जोखिमबाट बच्न उनीहरु समूह बनाएर यात्रा गर्ने गर्दछन् ।

बिहीबार दुर्घटनामा परेको ट्रकमा झण्डै ८० जना यात्रु रहेका थिए । घटनामा परी घाइते भएकाहरुलाई उपचार गराइएको छ ।

गत वर्ष अक्टोबरमा करिब सात हजार मानिस मेक्सिको हुँदै मेक्सिको–अमेरिकासँगको सीमावर्ती सहर तिजुआना पुगेका थिए ।