२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्यान्दा तुन्द्री जोडेर सरकारलाई समर्थन गरेका थिए, आवेश र उत्त्तेजनामा आए समर्थन फिर्ता लिए : प्रम ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजापा विरुद कटाक्ष गर्दै त्यान्दा तुन्द्री जोडेर सरकारविरुद्ध अभियोग तयार गरेर समर्थन फिर्ता लिने निर्णय गरेको बताएका छन् । उनले आवेश र उत्त्तेजनामा आएर आफुलाई गरेको समर्थन फिर्ता लिएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अदालतलाई सरकारले निर्देशन दिन नमिल्ने भन्दै अदालतको रिस सरकारमाथि पोखिनु ठिक नभएको तर्क गरे ।

‘मैले अस्तिका दुई घटना देखेँ । अदालतले एउटा मुद्दाको फैसला गर्यो । राज्यको अंग हो अदालत । तर सरकारको अंग होइन । सरकारले यसलाई छाड भन्दैमा छाड्ने र समा भन्दैमा समाउने त गर्दैन् नी ? ओलीले भने ।’

‘सरकारले अदालतलाई निर्देशन गर्न मिल्दैन । अदालतले न्याय कानुन सम्मत गर्ने हो । घटना हेरेर अदालतले फैसला गर्यो,’ उनले भने, ‘एउटा राजनीतिक पार्टीले बहुत उत्खनन् गरेर तिलका दाना पनि टिपेको छ, तोरीका दाना पनि टिपेको छ, मकैका दाना पनि टिपेको छ । त्यान्दा तुन्द्री जोडेर सरकारविरुद्ध अभियोग तयार गरेर समर्थन फिर्ता लिने निर्णय गरेँ ।’

विभिने बहानामा आफ्नो अस्तित्व देखाउने र देशलाई तनावतिर लिने समय नभएको उनले तर्क गरे ।