२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्यमी ढकाल भन्छन्– समृद्धिका लागि ‘महाथीर मोडेल’ अपनाऔँ



अ+ अ-


दैलेख । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको विकासका लागि मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदको ‘निजी क्षेत्रसँगको सहकार्य’ विकासको मोडेल अपनाउन सुझाएका छन् ।
कर्णाली प्रदेशमा ओयोजित दैलेख महोत्सवलाई सम्बोधन गर्दै ढकालले भने– मलेसियाको २० वर्ष यताको चमत्कारिक विकासको मुख्य आधार निजी क्षेत्रसँगको सहकार्य नै रहेको भित्री रहस्य महाथीरले व्यक्त गर्ने गरेका छन्, हामीले पनि विकासमा यसैलाई मोडेलका रुपमा लियौँ भने राष्ट्रिय समृद्धि हाम्रै पालामा सम्भव छ ।
केही वर्षअघि नेपाल भ्रमणमा आएका मलेसियाली प्रधानमन्त्री मोहम्मदसँगको आफ्नो भेटका क्रममा यति छोटै समयमा आफ्नै हातले मलेसियाको त्यो रुपको विकास कसरी सम्भव भयो भनी गरेको प्रश्नमा उहाँले यसको भित्री रहस्य अरु केही नभएर निजी क्षेत्रसँगको सहकार्य नै रहेको बताएको ढकालले स्मरण गरे ।
प्रधानमन्त्री महाथीरले भन्नुभएको थियो– सेवा क्षेत्र, आयोजना एवम् बृहत्तर विकासका हरेक मोडमा निजी क्षेत्रसँगको वास्तविक सहकार्य र ‘कर्पाेरेट ट्याक्स’ को समुचित र पारदर्शी व्यवस्थापन आवश्यक कुरा हुन्– उपाध्यक्ष ढकालले स्मरण गरे ।
महाथीर मोहम्मदले भनेजस्तै नेपालमा पनि निजी क्षेत्रसँगको सहकार्यका पक्षमा नीति नियम र कानुनहरु रहेका भए पनि सही अर्थमा सहकार्य भने हुन नसकेको उनको गुनासो थियो ।
विद्यमान नीति नियममा कुनै खोट छैन, तर पनि सही अर्थमा निजी क्षेत्रसँगको सहकार्य र साझेदारीको लागि सरकारका हरेक संरचनाले निजी क्षेत्रले काम गर्नसक्ने किसीमको वातावरण बनाउन र वास्तविक अर्थमा सघाउन भने सकेका छैनन्– उनले भने ।
अहिले नेपालमा स्थायी प्रकृतिको सरकार छ, राज्यले स्थानीय, प्रादेशिक र संघीय ढाँचाको निर्माण गरिसकेको छ भन्दै उपाध्यक्ष ढकालले भने– अब राज्यका यी सबै निकायले देश विकासका लागि आआफ्नो संरचनाबाट निजी क्षेत्रलाई कसरी आकर्षित गर्ने भन्ने बारेमा मात्र सोच्न म आग्रह गर्दछु ।
गएको वर्षदिनमा देशले संघीयताको लागि आवश्यक संरचना र नियम कानुन बनाइसकेकोले अब सबैको ध्यान आर्थिक विकासमा नै केन्द्रित गर्न सकियो भनेमात्र प्रधानमन्त्रीज्यूले कल्पना गरेको समृद्ध नेपाल निर्माण सम्भव छ र त्यो हाम्रै पालामा सम्भव हुन्छ– ढकालले भने ।
स्वदेशमा लगानीको वातावरण सहज बनाउन सकियो र निजी क्षेत्रलाई कामगर्ने उचित वातावरण निर्माण गर्न सकियो भने मात्र विदेशी लगानी भित्रिने हुँदा यो वास्तविकता संघीय एवम् प्रादेशिक सबै सरकार र स्थानीय निकायले बुझ्न आवश्यक रहेको उनको भनाई थियो ।
यसरी स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्ने काममा कर्णाली प्रदेशको सरकार अन्यत्रको तुलनामा अघि बढोस् भनेर शुभकामना पनि उनले दिए ।
कर्णाली प्रदेशको पर्यटकीय, प्राकृतिक एवम् जैविक विविधताको सम्पन्नता संसारकै अलौकिक भएको कुरा त हामी सबैलाई थाहा नै छ, तर अब सम्भावनाको मात्र कुरा गरेर बस्ने बेला यो होइन काम नै थालौँ, त्यसका लागि सरकारको भरपर्दाे आह्वान आवश्यक छ– ढकालले भने ।
यस्ता मेला महोत्सवहरुको उद्देश्य स्थानीय एवम् स्वदेशी उत्पादनहरुको प्रवद्र्धन र प्रचार गर्ने हुनुपर्नेमा अहिले त्यस्तो नभएर विदेशी सामान बेच्ने हाटबजारको जस्तो देखिन थालेको टिप्पणी गर्दै उपाध्यक्ष ढकालले त्यसो नगर्न र स्थानीय उत्पादनकै लागि पनि स्वदेशी र निजी क्षेत्रका लगानीकर्ताहरलाई आकर्षित गर्ने खालको वातावरण बनाउन प्रदेश सरकारसँग आग्रह गरे ।
चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष समेत रहेका उद्यमी ढकालले काठमाडौँको चन्द्रागिरिजस्तै हरेक प्रदेशमा एकीकृत पर्यटकीय गन्तव्यको विकास गर्नेगरी आफूहरुले योजना बनाएर काम गरिरहेको जानकारी पनि दिए । पर्यटन हाम्रो देशको विकासका लागि अधिक सम्भावनाको क्षेत्र हो उनले भने ।