३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

उद्यमी ढकाल भन्छन्– समृद्धिका लागि ‘महाथीर मोडेल’ अपनाऔँ

उद्यमी ढकाल भन्छन्– समृद्धिका लागि ‘महाथीर मोडेल’ अपनाऔँ
अ+ अ-


दैलेख । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको विकासका लागि मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदको ‘निजी क्षेत्रसँगको सहकार्य’ विकासको मोडेल अपनाउन सुझाएका छन् ।
कर्णाली प्रदेशमा ओयोजित दैलेख महोत्सवलाई सम्बोधन गर्दै ढकालले भने– मलेसियाको २० वर्ष यताको चमत्कारिक विकासको मुख्य आधार निजी क्षेत्रसँगको सहकार्य नै रहेको भित्री रहस्य महाथीरले व्यक्त गर्ने गरेका छन्, हामीले पनि विकासमा यसैलाई मोडेलका रुपमा लियौँ भने राष्ट्रिय समृद्धि हाम्रै पालामा सम्भव छ ।
केही वर्षअघि नेपाल भ्रमणमा आएका मलेसियाली प्रधानमन्त्री मोहम्मदसँगको आफ्नो भेटका क्रममा यति छोटै समयमा आफ्नै हातले मलेसियाको त्यो रुपको विकास कसरी सम्भव भयो भनी गरेको प्रश्नमा उहाँले यसको भित्री रहस्य अरु केही नभएर निजी क्षेत्रसँगको सहकार्य नै रहेको बताएको ढकालले स्मरण गरे ।
प्रधानमन्त्री महाथीरले भन्नुभएको थियो– सेवा क्षेत्र, आयोजना एवम् बृहत्तर विकासका हरेक मोडमा निजी क्षेत्रसँगको वास्तविक सहकार्य र ‘कर्पाेरेट ट्याक्स’ को समुचित र पारदर्शी व्यवस्थापन आवश्यक कुरा हुन्– उपाध्यक्ष ढकालले स्मरण गरे ।
महाथीर मोहम्मदले भनेजस्तै नेपालमा पनि निजी क्षेत्रसँगको सहकार्यका पक्षमा नीति नियम र कानुनहरु रहेका भए पनि सही अर्थमा सहकार्य भने हुन नसकेको उनको गुनासो थियो ।
विद्यमान नीति नियममा कुनै खोट छैन, तर पनि सही अर्थमा निजी क्षेत्रसँगको सहकार्य र साझेदारीको लागि सरकारका हरेक संरचनाले निजी क्षेत्रले काम गर्नसक्ने किसीमको वातावरण बनाउन र वास्तविक अर्थमा सघाउन भने सकेका छैनन्– उनले भने ।
अहिले नेपालमा स्थायी प्रकृतिको सरकार छ, राज्यले स्थानीय, प्रादेशिक र संघीय ढाँचाको निर्माण गरिसकेको छ भन्दै उपाध्यक्ष ढकालले भने– अब राज्यका यी सबै निकायले देश विकासका लागि आआफ्नो संरचनाबाट निजी क्षेत्रलाई कसरी आकर्षित गर्ने भन्ने बारेमा मात्र सोच्न म आग्रह गर्दछु ।
गएको वर्षदिनमा देशले संघीयताको लागि आवश्यक संरचना र नियम कानुन बनाइसकेकोले अब सबैको ध्यान आर्थिक विकासमा नै केन्द्रित गर्न सकियो भनेमात्र प्रधानमन्त्रीज्यूले कल्पना गरेको समृद्ध नेपाल निर्माण सम्भव छ र त्यो हाम्रै पालामा सम्भव हुन्छ– ढकालले भने ।
स्वदेशमा लगानीको वातावरण सहज बनाउन सकियो र निजी क्षेत्रलाई कामगर्ने उचित वातावरण निर्माण गर्न सकियो भने मात्र विदेशी लगानी भित्रिने हुँदा यो वास्तविकता संघीय एवम् प्रादेशिक सबै सरकार र स्थानीय निकायले बुझ्न आवश्यक रहेको उनको भनाई थियो ।
यसरी स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्ने काममा कर्णाली प्रदेशको सरकार अन्यत्रको तुलनामा अघि बढोस् भनेर शुभकामना पनि उनले दिए ।
कर्णाली प्रदेशको पर्यटकीय, प्राकृतिक एवम् जैविक विविधताको सम्पन्नता संसारकै अलौकिक भएको कुरा त हामी सबैलाई थाहा नै छ, तर अब सम्भावनाको मात्र कुरा गरेर बस्ने बेला यो होइन काम नै थालौँ, त्यसका लागि सरकारको भरपर्दाे आह्वान आवश्यक छ– ढकालले भने ।
यस्ता मेला महोत्सवहरुको उद्देश्य स्थानीय एवम् स्वदेशी उत्पादनहरुको प्रवद्र्धन र प्रचार गर्ने हुनुपर्नेमा अहिले त्यस्तो नभएर विदेशी सामान बेच्ने हाटबजारको जस्तो देखिन थालेको टिप्पणी गर्दै उपाध्यक्ष ढकालले त्यसो नगर्न र स्थानीय उत्पादनकै लागि पनि स्वदेशी र निजी क्षेत्रका लगानीकर्ताहरलाई आकर्षित गर्ने खालको वातावरण बनाउन प्रदेश सरकारसँग आग्रह गरे ।
चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष समेत रहेका उद्यमी ढकालले काठमाडौँको चन्द्रागिरिजस्तै हरेक प्रदेशमा एकीकृत पर्यटकीय गन्तव्यको विकास गर्नेगरी आफूहरुले योजना बनाएर काम गरिरहेको जानकारी पनि दिए । पर्यटन हाम्रो देशको विकासका लागि अधिक सम्भावनाको क्षेत्र हो उनले भने ।