१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाको जितमा मेस्सी, स्वारेज र पिकेको गोल, भालेकानो पराजित



अ+ अ-

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको लिग लिडर बार्सिलोनाले रायो भालेकानोलाई पराजित गरेको छ ।

शनिबार राति आफ्नै मैदान क्याप नाउमा मा भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र जिरार्ड पिकेले गोल गरे । यता, रायो भालेकानोका लागि भने टोमस गोमेजले गोल गरेका थिए ।

आफ्नो सुरुवाती अग्रतालाई जोगाउन नसक्दा रायो भालेकानोले हार ब्यहोरेको हो । २४औं मिनेटमा नै गोमेजले गोल गर्दै रायोलाई अग्रता दिलाएका थिए । तर ३८औं मिनेटमा पिकेले गोल गर्दै खेलमा १–१ गोलको बराबरी ल्याएका थिए ।

५१औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रता दिलाए । त्यस्तै, खेलको ८२औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३–१ गोलको जित दिलाए । जितसँगै बार्सिलोनाको २७ खेलबाट ६३ अंक भएको छ ।

त्यस्तै, शनिबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले लेगानेसलाई १–० गोलअन्तरले पराजित गरेको छ । गेटाफेले हुएस्कालाई २–१ गोलअन्तरले पारजित गर्दा अलाभेस र इबार भने १–१ गोलको बराबरीमा रोकिएका छन् ।