५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इथोपियन एयरलाइन्सको विमान दुर्घटनाग्रस्त



अ+ अ-

काठमाडौँ — इथोपियन एयरलाइन्सको बोइङ-७३७ विमान दुर्घटना भएको छ । राजधानी एडिस अबाबाबाट केन्याको राजधानी नैरोबी जाने क्रममा उक्त विमान आइतबार दुर्घटना परेको अधिकारीहरुले बताएका छन् । 

विमानमा एक सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्यहरु रहेको रोयटर्सले जनाएको छ। दुर्घटना परी प्लेनमा सवार सबै जनाको मृत्यु भएको बताइएको छ ।

इथोपियाका प्रधानमन्त्री अबी अहमदले दुर्घटनामा परी ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली दिँदै मृतकको परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

विमानमा विभिन्न ३३ मुलुकका यात्रुहरु सवार थिए ।