२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली शैक्षिक याेग्यता, २ जना विरूद्ध विशेष अदालतमा अाराेप पत्र दायर



अ+ अ-

काठमाडाैंः अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक लिमिटेड, प्रधान कार्यालय, नेपालगञ्जमा सहायक अधिकृत पदमा कार्यरत पुष्पा दुरा समेतले सेवा प्रवेश तथा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र भारतबाट ल्याई पेश गरी सुविधा लिएको भन्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेकाे छ ।

अायाेगका प्रवक्ता रामेश्वर दंगालका अनुसार, सहायक अधिकृत पुष्पा दुराले डा. राममनोहर लोहिया अवध विश्वविद्यालय, फैजावाद (उ.प्र.) अन्तर्गतको जवाहरलाल नेहरु पी.जी. कलेज बाराबंकी, भारतबाट प्राप्त गरेको स्नातक(बी.ए.) तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सहायक अधिकृत पदमा बढुवा भएकाे देखिएकाे छ ।

यसैगरी, नेपाल विद्युत प्राधिकरण अन्तर्गत सेती फेवा पावरहाउस, पोखरामा कार्यरत इलेक्ट्रिकल फोरमेन (तह ४) वलदेव गिरीको इलेक्ट्रिकल फोरमेन पदमा बढुवा हुने प्रयोजनको लागि नन्दी माध्यमिक विद्यालय, नक्साल, काठमाडौंबाट प्राप्त सेन्टअप टेष्टको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी बढुवा भएकाे अायाेगले जनाएकाे छ ।

दुवैमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको देखिएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोप-पत्र दायर गरिएको अायाेगले जनाएकाे छ ।