२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा लाेकसभाकाे चुनावकाे मिति घाेषणा, अप्रिल ११ देखि सात चरणमा चुनाव



अ+ अ-

नयाँदिल्लीः भारतीय चुनाव अायाेगले लाेकसभा निर्वाचनकाे मिति अाइतबार घाेषणा गरेकाे छ । यसपटक सात चरणमा भारतकाे चुनाव हुनेछ । मे २३ तारिखमा चुनाव परिणाम घाेषणा हुने अायाेगले जनाएकाे छ ।

चुनावमा यस पटक ९० कराेड मतदाता रहेका छन् ।

अप्रिल ११ मा हुने पहिलाे चरणकाे चुनावमा २० राज्यमा ९१ स्थानका लागि मतदान हुनेछ । दाेस्राे चरण अप्रिल १८ मा हुनेछ जहाँ १३ राज्यमा ९७ स्थानका लागि मतदान हुँदैछ । तेस्राे चरण अप्रिल २३ (१४ राज्यमा ११५ सिट), चाैथाे चरण अप्रिल २९ (९ राज्य ७१ सिट), पाँचाैं चरण मे ६ (७ राज्य ५१ सिट), छैटाैं चरण मे १२ (७ राज्य ५९ सिट) र साताैं चरण मे १९ (८ राज्य ५९ सिट) मा मतदान हुनेछ ।

भारतमा लाेकसभामा कूल ५४३ स्थान रहेकाे छ ।

हालकाे लाेकसभाकाे कार्यकाल जुन ३ तारिखमा समाप्त हुँदैछ । सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र माेदीकाे अगुवाइमा भारतीय जनता पार्टीलाइ भारी बहुमत प्राप्त भएकाे थियाे । भाजपालाइ उक्त चुनावमा २८२ सिट प्राप्त भएकाे थियाे । जबकी भाजपा सहितकाे एनडीए गठबन्धनलाइ कूल ३३६ सिट प्राप्त भएकाे थियाे ।

भारतकाे राजनीतिमा सबैभन्दा बढी सत्तामा रहेकाे भारतीय राष्ट्रिय काँग्रेस उक्त चुनावमा नराम्राेसँग पराजित भएकाे थियाे । काँग्रेसले केबल ४४ सिट जितेकाे थियाे । काँग्रेसले संसदमा विपक्षी दलकाे मान्यता समेत पाउन सकेकाे थिएन । संसदमा विपक्षी दलकाे मान्यता प्राप्त गर्न १० प्रतिशत सिट प्राप्त गर्नु पर्दछ ।

चुनाव अाचार संहिता लागू भएकाले अब माेदी सरकारले कुनै पनि नीतिगत निर्णय लिन पाउने छैन ।