१६ भाद्र २०८३, मंगलवार
,
Latest
भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणकाजीको आक्रोशः विखण्डनकारी नारा र जुलुस असह्य



अ+ अ-

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘विखण्डनकारी गतिविधिको अन्त्यको निम्ति सम्झौता कि विखण्डनवादलाई वैधानिकता दिन भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तुरुन्त कदम चाल्नुपर्छ भनी माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले सो माग गरेका हुन् ।

उनले आफ्नो ट्वीटमा भनेका छन्ः आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको विरुद्ध खुलम्खुल्ला विखण्डनकारी नारा र जुलुस कसरी र किन भइरहेछ ? यो हद भयो, असह्य भयो ।

ट्वीटमा उनले ‘गम्भीर बनौं’ भनी सचेत समेत गराएका छन् ।

 गत शुक्रबार सरकार र सीके राउतको स्वतन्त्र मधेश गठबन्धनबीच राजनीतिक सहमति भएको थियो भने आइतबार सीके राउत जनकपुर जाँदा उनका समर्थकहरुले ‘सम्झौतापश्चात् परित्याग गरिएको भनिएको’ ‘स्वतन्त्र मधेश’ को विखण्डनकारी नारा र माग लगाएका थिए ।

स्मरणीय रहोस्, सो सहमतिको सन्दर्भमा आयोजित कार्यक्रममा पनि नारायणकाजी लगायत सत्तारुढ नेकपाकै थुप्रै शीर्षस्थ नेताहरु सहभागी थिएनन्, जसलाई उनीहरुले त्यो समारोहको वहिष्कार गरेका हुन् भनी अर्थ लगाइएको थियो ।