२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीलाई ३५ प्रतिशत भत्ता



अ+ अ-

काठमाडौं – ट्राफिक प्रहरीलाई गृह मन्त्रालयले अतिरिक्त भत्ताको प्रस्ताव गरेको छ । सडकमा दैनिक १५ घन्टासम्म खटिने उनीहरूलाई ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ताको प्रस्ताव अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

गृहले भत्तासम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । गृहको प्रस्तावअनुसार डिएसपीसम्मका प्रहरीले प्रोत्साहन भत्ता पाउनेछन् । डिएसपीलाई बेसिक तलबको १० प्रतिशत, इन्स्पेक्टरलाई २०, सइ, असइलाई २५ तथा हवल्दार, सिपाही र कार्यालय सहयोगीलाई ३५ प्रतिशत भत्ता दिने प्रस्ताव गरिएको छ । 

सरकारले हालै विभिन्न निकायलाई शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरिसकेको छ । विगतमा ट्राफिक प्रहरीले पनि भत्ता पाउने र भत्ताका कारण जथाभावी कारबाही गरेको विवाद आएपछि साउनदेखि कटौती गरिएको थियो । माघ महिनादेखि फेरि भत्ता दिन थालिएको थियो । 

तर, त्यसमा ट्राफिक प्रहरीलाई समेटिएको छैन । कार्यालयमा बसेर काम गर्ने कर्मचारीलाई शतप्रतिशतसम्म भत्ता दिइएपछि ट्राफिक प्रहरीलाई भने थोरै भत्ता दिनसमेत कन्जुस्याइँ भएको प्रहरी अधिकारी बताउँछन् ।