२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको सहज जित, सिटीसँगको उपाधि होड रोचक हुँदै



अ+ अ-

काठमाडौँ । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नलीलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।

एन्फिल्डमा भएको खेलमा अग्रता भने बर्नलीले लिएको थियो । छैटौं मिनेटमा वेष्टवुडले भ्रमणकारी टोलीलाई अग्रता दिलाए । तर, १९ औं मिनेटमा रोबर्टो फिर्मिनोले बराबरी गोल फर्काए । २९ औं मिनेटमा साडिओ मानेले गोल गरेपछि पहिलो हाफमा लिभरपुल २–१ को अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा लिभरपुल नै हावी भयो । ६७ औं मिनेटमा फिर्मिनाले दोस्रो गोल गरे । तर, इन्जुरी टाइममा दुबै टिमले एकएक गोल गरे । बर्नलीका गुडमुनसनले गोल गर्दा लिभरुपलका मानले गोल गर्दै टिमलाई ४–२ को जित दिलाए ।

जितपछि लिभरपुलको ३० खेलबाट ७३ अंक भएको छ भने समान खेल खेलेको सिटीको ७४ अंक छ ।