२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध अष्ट्रेलियाको सानदार जित, खेर गयो धवनको शतक



अ+ अ-

काठमाडौँ । पिटर हेन्डस्कम्बले सानदार शतकको मद्दतले चौथो वानडे क्रिकेटमा अष्ट्रेलियाले भारतलाई चार विकेटले पराजित गरेको छ ।

आइतबार राती सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको तीन सय ५९ रनको लक्ष्य अष्ट्रेलियाले ४७.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । यस जितसँगै पाँच वानडे सिरीज २–२ को रोमान्चक मोडमा पुगेको छ ।

अष्ट्रेलियाको जितमा पिटर हेन्डस्कम्बले एक सय १७ रन बनाए । उस्मान ख्वाजाले ९१ र एस्टन टर्नरले अविजित ८४ रन बनाएका थिए । ग्लेन म्याक्सवेलले २३ र एलेक्स केरीले २१ रन बनाएका थिए । बलिङमा भारतका लागि जसप्रित बुमराहले तीन विकेट लिए । त्यस्तै कुलदिप यादव, युजवेन्द्र चाहाल र भुवनेश्वर कुमारले समान एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारि ५० ओभरमा ९ विकेटको क्षतिमा तीन सय ५८ रन बनाएको थियो । भारतका लागि शिखर धवनले एक सय ४३ रनको उत्कृष्ट इनिङ खेले ।

ओपनर रोहित शर्माले ९५ रन बनाएका थिए । ऋषभ पन्तले ३६, केएल राहुल र विजय शंकर समान २६ र केदार जाधवले १० रन बनाए । बलिङमा अष्ट्रेलियाका प्याट कमिन्सले पाँच विकेट लिए ।

झेय रिचड्सनले तीन र एडम जम्पाले एक विकेट लिएका थिए । अब अन्तिम खेलमा मार्च १३ तारिख हुनेछ ।