२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

इथियोपियन एयरलाइन्स दुर्घटनापछि चीनमा बोइङ ७३७ म्याक्स ८ विमान उडाउन रोक



अ+ अ-

काठमाडौँ । इथियोपियामा र इन्डोनेसियामा बोइङ ७३७ म्याक्स ८ विमानहरु दुर्घटना भएपछि चीनले आफ्ना सबै घरेलु सेवाप्रदायक कम्पनीहरुलाई विमानहरु तत्कालै ग्राउन्ड गर्न निर्देशन दिएको छ ।

यही मोडलको विमान आइतबार इथियोपियामा दुर्घटना भएपछि चीनले यस्तो निर्देशन जारी गरेको हो ।

दुई दुर्घटनामा देखिएको ‘समानता’ लाई औल्याउँदै चीनको नागरिक उड्डयन प्राधिकरणले स्थानीय समयअनुसार सोमबार साँझ ६ बजेभित्र सबै ७३७ म्याक्स ८ विमानलाई ग्राउन्ड गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै विमानको सुरक्षालाई सुनिश्चित गरेपछि मात्र उक्त मोडलको विमानलाई उडान भर्न अनुमति दिइने बताएको छ ।

‘दुवै दुर्घटनामा नयाँ बोइङ ७३७–८ विमान परेको छ र दुवै दुर्घटना उडान भर्ने क्रममा भएका छन् । दुवैमा केही समानताहरु छन्,’ सुरक्षाको विषयमा शुन्य सहनशीलता अपनाउने आफ्नो नीति दोहोराउँदै प्राधिकरणले भनेको छ । ७३७ म्याक्स ८ लाई ७३७–८ पनि भनिन्छ ।

उड्डयन प्राधिकरणले यसमा विषयमा अमेरिकी फेडरल एभिएसन एडमिनिस्ट्रेसन र बोइङ कम्पनीसँग छलफल गर्ने बताएको छ ।

केन्यातर्फ उडिरहेको इथियोपियन एयरलाइन्सको विमान आदिस अबाब नजिकै दुर्घटना हुँदा विमानमा सवार सबै १५७ जनाको निधन भएको थियो । यसमा ८ जना चिनियाँ नागरिक पनि थिए ।

यसअघि सन् २०१८ को अक्टोबरमा इन्डोनेसियाको लायन एयरको ७३७ म्याक्स ८ विमान जकार्ताबाट उडान भर्ने बित्तिकै दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो ।

चीनमा हाल ७६ वटा बोइङ ७३७ म्याक्स ८ विमान रहेका छन् भने त्यहाँ थप १०४ वटा विमान अर्डर गरिएको छ ।