बुटवल । गृहमन्त्री रामबहादुर थापाले सीके राउत समूहका कार्यकर्ताले स्वतन्त्र मधेसको नारा लगाउनुलाई अन्तिम विदाई कार्यक्रम रहेको बताएका छन् । थापाले सरकारसँग गरेको सहमतिको बारेका कार्यकर्ताहरुले थाहा पाउन नभ्याएका कारणले उनिहरुले स्वतन्त्र मधेसको नारा लगाएको हुनसक्ने जिकिर गरेका छन् ।
प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन भैरहवा आएका गृहमन्त्री थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘त्यो अन्तिम विदाईको कार्यक्रम हो,’सरकारसँग भएका सहमति कार्यकर्तालाई सम्प्रेषण गर्न नभ्याएकाले त्यस्तो हुन गएको हुनसक्छ,।’
उनले शान्ति सुरक्षाका लागि खतरा रहेको स्वतन्त्र मधेस गठवन्धनलाई मूलधारमा ल्याउन सरकार सफल भएको बताए । राजनीतिक विषयमा जनमत संग्रह हुनसक्ने भएपनि संसदको दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने प्रष्ट पारे ।
थापाले मुलुक विखण्डन गर्ने विषयमा जनमत संग्रहको व्यवस्था संविधानमै नभएको बताए ।
गृहमन्त्री बादलले विप्लव समूहलाई अराजक गतिविधि र हिंसा रोकेर वार्तामा आउन आग्रह समेत गरे ।
सुरक्षा गोष्ठीमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री, प्रदेश ५ का प्रमुख सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता छ ।