३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

इरानी राष्ट्रपति रौहानी इराक भ्रमणमा, द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा छलफल हुने

इरानी राष्ट्रपति रौहानी इराक भ्रमणमा, द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा छलफल हुने
अ+ अ-

बग्दाद । इरानका राष्ट्रपति हसन रौहानी तीन दिने औपचारिक भ्रमणको क्रममा सोमबार इराकको राजधानी बग्दाद पुगेका छन् ।

अमेरिकाले इराकलाई छिमेकीहरुको सम्बन्ध सीमित राख्न दबाब दिइरहेका अवस्थामा रौहानीको औपचारिक भ्रमण भएको छ ।

तेहरानबाट प्रस्थान गर्नुअघि रौहानीले इरान र इराकबीच “विशेष सम्बन्ध” रहेको बताए । उनले इरान र इराकबीचको सम्बन्ध इराक र “आक्रमणकारी मुलुक अमेरिका”बीच रहेजस्तो सम्बन्ध होइन भन्दै छिमेकी मुलुकहरुलाई जस्तोसुकै सहयोग गर्न इरान तयार रहेको बताए ।

इराकी र इरानी टेलिभिजनहरुले राष्ट्रपति रौहानीको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ र सुमधुर हुने बताएका छन् ।

इराकीया टेलिभिजन च्यानलका अनुसार राष्ट्रपति रौहानीलाई बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा इराकका राष्ट्रपतिले स्वागत गरेका थिए । उनले इराकमा रहँदा वरिष्ट इराकी अधिकारीहरु, अरु राजनीतिक नेताहरु तथा धार्मिक नेताहरुसँग भेटघाट गर्ने छन्।

इराकी राष्ट्रपति बरहाम सलिहको निमन्त्रणामा इरानी राष्ट्रपति रौहानी बगदाद पुगेका हुन् । उनिहरुबीच द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा छलफल हुने बताइएको छ ।

इरानी विदेश मन्त्री मोहम्मद जावद जारिफ पनि रौहानीको भ्रमणका बारेमा छलफल गर्न आइतबार नै बगदाद पुगेका थिए ।

इरानी तेल उद्योग, बैंकिङ र यातायात क्षेत्रमाथि कडा अमेरिकी प्रतिबन्धहरु लागू भइरहेका बखत राष्ट्रपति रौहानीले इराकको भ्रमण गरेका हुन् ।

इरान र इराकबीच विगतमा दशौं वर्षसम्म भिषण युद्ध भएको थियो ।