पोखरा । हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको परिवार स्वयं राजीतिक पृष्ठभूमिकै भएकाले नेतृत्व लिने क्षमता भएको बताए । उनको निर्वाचत क्षेत्र कास्की २ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न जिल्ला पार्टी र परिवारको पनि निर्णय चाहिने धारणा राखे
सोमबार पोखरा पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री रवीन्द्र अधिकारीको क्षेत्रमा चुनावबारे पार्टीमा औपचारिक कुरा नभएकाले परिवारसँग पनि छलफल गरिने बताएका हुन् ।
उनले बामदेव गौतम उठ्ने कुरा पनि चर्चामात्रै भएको बताए । ‘यसबारे पार्टीमा कुनै कुरा र चर्चा भएको छैन । बामदेवको कुरामा उहाँले प्रष्टिकरण नै दिइसक्नु भएको छ,’ प्रचण्डले भने, ‘यसबारे परिवार र जिल्ला पार्टीले समेत निर्णय गर्न जरुरी छ ।’