२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको कीर्तिमानी ८००औं गोल, म्यानचेस्टर युनाइटेड विजयी



अ+ अ-

फुटबल खेलका विश्वप्रसिद्ध खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो नाममा फेरि अर्को कीर्तिमान राखेका छन् ।

हाल म्यान्चेस्टर युनाइटेडका फर्वार्ड रोनाल्डोले बिहीबार इङलिस प्रिमियर लिगमा आर्सनल विरुद्ध २ गोल गरेर देश र क्लबका लागि ८००औं गोलको कोशेढुंगा पार गरेका छन् ।
 
बिहीबार राति भएको खेलमा आर्सनललाई युनाइटेडले संघर्षपूर्ण रुपमा ३–२ ले हराएको थियो । यो जितसँगै युनाइटेड लिगको सातौं स्थानमा उक्लेको छ । केही हप्तादेखि कमजोर प्रदर्शन गरेर एकपछि अर्को खेल हार्दै आएको युनाइटेडले पछिल्ला दुई खेलमा जित निकालेको छ ।

टिमका प्रमुख प्रशिक्षक ओले गुनार सोल्सारलाई बर्खास्त गरेको युनाइटेडले हालै मात्र च्याम्पियन्स लिगको खेलमा विजयी भएर अन्तिम १६ मा स्थान बनाएको छ भने लिगमा निकै प्रभावशाली खेल प्रस्तुत गरिरहेको आर्सनललाई पराजित गरेको छ ।

तर शुरुआती अग्रता आर्सनलले लिएको थियो । आर्सनलका लागि इमिल स्मिथ रोकोले १३ औं मिनेटमै गोल गरेका थिए । तर ब्रुनो फर्नान्डेजले ४४औ मिनेटमा म्यानचेस्टरका लागि बराबरी गोल फर्काए । रोनाल्डोले लगत्तै ५२ औं मिनेटमा युनाइटेडका लागि दोस्रो गोल गरे ।

तर मार्टिन ओडगार्डले ५४औं मिनेटमा गरेको गोलले आर्सनल खेलमा फेरि फर्केको थियो । खेल सकिन २० मिनेट अगाडि ७०औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गरे र टिमको जित निश्चित गरे । यो जितपछि म्यानचेस्टरको २१ अंक भएको छ र सातौं स्थानमा उक्लिएको छ ।

बिहीबारकै अर्को खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई २–० ले हरायो ।