• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

सिके राउतलाई लाग्यो झट्का, प्रधानमन्त्री ओलीले गरे खास खुलासा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतसंहग्र लोकतान्त्रिक प्रक्रियाको उच्चतम रुप भएको बताएका छन् । विखण्डनकारी मुद्दा उठाएका सिके राउतले सरकारसँग सम्झौतापछि सरकार जनमतसंहग्रका लागि तयार भएको दाबी गरिरहँदा प्रधानमन्त्री ओलीले जनता जे चाहन्छ त्यही हुने बताएका हुन् ।

‘जनमतसंहग्र उच्चारण नै गर्न नहुने कुरा होइन,’ उनले भने, सोमबार सुरक्षा परिषदको १८ औँ वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो लोकतान्त्रको उच्चतम रुप हो ।’

‘जनताको अभिमतअनुसार नचल्ने लोकतन्त्र कस्तो हुन्छ ?’ ओलीले भने, ‘तर देशको भौगोलिक अखण्डता सार्वभौमसत्ता र स्वाधीनता जस्ता विषयमा भने जनमतसंहग्रबारे सोच्न पनि सकिन्न ।’ लोकतान्त्रिक दायराभित्र रहेर जनमतसंहग्र हुन सक्ने जनाउँदै ओलीले हिजोसम्म देश विखण्डन गर्छौँ भने समुह भौगोलिक एकतालाई सम्मान गर्दै मुलुकको रक्षाका लागि तयार हुनु र मूलधारको राजनीतिमा आउनु सकारात्मक भएको दाबी गरे । यो समाचार नागरिक पत्रिकामा प्रकाशित छ ।