१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर

बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने

बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने
अ अ+ अ-

बलेवा । निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । 

तीन वर्षअघि देखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले रोकिएको काम अहिले पूरा भएको हो । चैत मसान्तभित्र काम सकेर हस्तान्तरणको तयारी छ । बागलुङ नगरपालिका–१४ को बलेवामा निर्माणाधीन विमानस्थल चैत मसान्तभित्र रङ्गरोगन सकेर प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी भएको सो आयोजनाका इन्चार्ज वासु थापाले जानकारी दिनुभयो । 

यो विमानस्थलमा साना तथा मझौला जहाज अवतरण गर्न सक्छन् । “सिङ्गो एअरपोर्ट एक प्रतिशत मात्रै स्लोपको छ, त्यसैले यहाँ दुवै साइटबाट जहाज अवतरण गर्न सक्छन्,” थापाले भन्नुभयो, “निर्माणका क्रममा हामीले यो अवस्थामा ल्याउने गरी काम गरेका छौँ ।” कालोपत्र गुणस्तरीय रुपमा गरिएको उहाँले जानकारी दिनुभयो । प्राधिकरणको रु आठ करोड २४ लाख ३४ हजारमा कालोपत्र गरिएको हो । 

बलेवा विमानस्थल सात सय मिटर लामो कालोपत्र गरिएको छ । प्राधिकरणका परियोजना व्यवस्थापक सत्यनारायण दुवालले विमानस्थलको नियमित अनुगमन गरेको बताउनुभयो । “कोरोनाले समस्या भएर ढिला भए पनि अहिलेको काम सन्तोषजनक छ,” उहाँले भन्नुभयो, “चैत मसान्तमा हस्तान्तरण भएपछि हवाई उडानबारे काम सुरु हुनेछ ।” यो विमानस्थल सञ्चालन भएमा बागलुङ, पर्वत र म्याग्दीका बासिन्दालाई राजधानी र भैरहवा लगायतका स्थानमा हवाई मार्गले जोड्नेछ । 

बलेवा क्षेत्रका नागरिकले श्रमदानबाट थालेर विसं २०१६ देखि २०१८ सम्म यो मैदान बनाएका थिए । आठ सय मिटर लामो यो विमानस्थलमा २०५० सम्म नियमित जहाज उड्थे । बलेवाबाट काठमाडौँ, पोखरा र भैरहवाका नियमित उडान भइरहेकामा पोखरा बागलुङ सडक खुलेपछि रोकिएको बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो ।

विमानस्थलमा ७०० मिटर लामो पक्की नालीसमेत बनेको छ । मैदानमा एक हजार ५०० मिटर लामो घेराबार बनाइएको छ । एउटा मुख्य गेट र अर्को आपत्कालीन गेट तयार भएको छ । मैदानको सबै भाग एक किमी लामो छ तर हाल ७०० मिटर लामो क्षेत्रमा तारबार लगाइएको हो । मैदान ६० मिटर चौडा सम्याइएपछि १८ मिटर कालोपत्र भएको हो । 

यो विमानस्थल सञ्चालनका लागि बागलुङ बजारदेखिको आठ किमी सडक कालोपत्र गर्नुपर्ने स्थानीयवासी सुमन भुसालले बताउनुभयो । “सरर ट्याक्सीमा जानसक्ने गरी सडक कलोपत्र नगर्दासम्म यो विमानस्थल सञ्चालनमा ल्याउन पनि कठिन छ, विमानमा झरेपछि या विमान चढ्न जान खाल्डाखुल्डीको सडक सहज छैन,” उहाँको भनाइ छ । हाल कालीगण्डकी करिडोर निर्माणाधीन छ तर नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेपछि भने स्तरोन्नतिको काम पनि ठप्प छ ।