१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शुभ लभ’को गीतमा हरिहरको प्रेम पीडा र छटपटी



अ+ अ-

चलचित्र ‘शुभ लभ’को ‘टुक्रियो एउटा सपना’ बोलको गीत सार्वजनिक गरिएको छ । चैत १५ गते रिलिजको तयारीमा रहेको उक्त चलचित्रको गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनीक गीतमा विशाल निरौलाको शब्द, संगीत तथा स्वर रहेको छ । गीतको भिडियोमा भने चलचित्रका मुख्य कलाकार हरिहर अधिकारी प्रेम पीडा र छटपटीलाई देखाइएको छ ।हरिहरको अपोजिटमा कृष्टिन पौडेल छिन् ।

राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, राजा राजेन्द्र पोखरेल, प्रदीप बाँस्तोला, सूर्य थापा, नम्रता सिम्खडा लगायतका कलाकारले अभिनय रहेको छ ।

प्रदीपकुमार उदयको प्रस्तुति रहेको चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । धर्मराज शर्मा सुवेदी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अभिमन्यू निरबीको पटकथा तथा संवाद, वन नेपाल स्टन्ट टिमको एक्सन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ ।

https://youtu.be/gm3_FPlJ6ig