१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर

कांग्रेसले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने

कांग्रेसले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस पार्टीले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ ।

कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो । बुधवार पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता प्रकाशशरण महतले फागुन २९ गतेदेखि चैत्र २९ गतेसम्म सो अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । अभियानका क्रममा कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागि भई लोकतान्त्रिक अधिकार प्रयोग गर्न सम्पूर्ण मतदाताहरुलाई अपिल गर्ने तथा कांग्रेसका नेता, कार्याकर्ताहरुलाई एकतावद्ध बनाएर परिचालन गर्ने उहाँले बताउनुभयो । 

त्यस्तै सो अवधिमा ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नाराका साथमा पार्टीको सबै संरचनालाई पूर्णता दिइने भएको छ । प्रवक्ता महतका अनुसार कांग्रेसले हालसम्म गरेको राजनीतिक तथा आर्थिक उपलब्धीहरुलाई जनताको माझमा राख्ने, कांग्रेसले वर्तमान सरकारको नेतृत्व गर्नुपर्नाको कारण र यस अघिको सरकारले गरेका गैरसंवैधानिक काम तथा भ्रष्टाचारहरुको सम्बन्धमा जनतालाई सुसुचित गराउने लक्ष्य राखिएको छ ।

प्रवक्ता महले एमसीसी सम्झौताको सम्बन्धमा अन्य राजनीतिक दलहरुले फैलाएको भ्रमको सम्बन्धमा पनि जनतालाई सुसुचित गर्नका लागि यस सम्बन्धमा प्रशिक्षण समेत सञ्चालन गर्ने बताउनुभयो । एमसीसी नेपालको आवश्यकता र हितमा रहेको कुरा जनतालाई कांग्रेसले स्पष्ट रुपमा बुझाउने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘एमसीसीको बारेमा अत्यन्त नकारात्मक प्रचार गरिएको छ । दुष्प्रचार गरिएको छ । भ्रम फैलाइएको छ । त्यो भ्रमलाई चिर्नु हाम्रो जिम्मेवारी हो । किनभने नेपाली कांग्रेस पार्टी यथार्थ कुरामा विश्वास गर्छ । सत्य कुरामा विश्वास गर्छ । 

सत्तामा हुँदा एउटा कुरा, सत्ता बाहिर अर्को कुरा हामी गर्दैनौँ । त्यसो हुनाले यो हाम्रो जिम्मेवारी हो । कर्तव्य हो । जति बाँकी बचेको भ्रम र दुष्प्रचार छ त्यसलाई हामी चिर्छौ । यो विकास सहयोग हो । अनुदान सहयोग हो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ठेक्का लाग्छ । नेपालकै संयन्त्र अर्थ मन्त्रालय अन्र्तगतको सचिवको नेतृत्वको संयन्त्रले यो कार्यान्वयन गर्छ । र अरु खाले अनुदान सहयोग सँग हामीले तुलना गर्ने हो भने यो धेरै उदार प्रकृतिको छ । हामीलाई थाहा छ अहिलेसम्म हामीले प्राप्त गरिराखेको अनुदान सहयोगमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुँदैन । उनीहरुकै देशको ठेकेदार, उनीहरुकै कानून अनुसार आउँछ । उनीहरुकै सामग्री, उनीहरुकै मेशिनरी, उनीहरुकै कामदार समेत आउँछ । त्यति मात्रै होइन ऋण सहयोगमा समेत उनीहरुकै ठेकेदार आउने प्रवन्ध छ । जबकी यो एमसीसी अन्र्तगत आउने अनुदान जुन सडक र ट्रान्समिशन लाइनमा आउँदैछ, हाम्रै प्राथमिकता अनुसार हामीले नै मागे अनुसार, हामीले नै प्रस्ताव गरे अनुसार सहयोग आउँदैछ ६० अर्ब भन्दा ज्यादा अहिलको सटही दर अन्र्तगत आउँदैछ । यो ठुलो रकम हो । यो हाम्रो आवश्यकता अनुसार आइरहेको छ । 

यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सम्पन्न हुन्छ । त्यसकारण एउटा नयाँ नजिर यो सहयोगको इतिहासमा नयाँ नजिर स्थापित हुन्छ । र यो स्थापित भयो भने अरु दातृ राष्ट्रहरुलाई पनि आफ्नो ऋण सहयोगको जुन सर्तहरु छ, अनुदानका जुन सर्तहरु छ, ति सर्तहरुमा पुर्नविचार गर्नुपर्ने स्थिति आउँछ । त्यसले मलाई लाग्छ एउटा सकारात्मक दिशातर्फ विदेशी सहयोग जुन हामीले लिन्छौँ, त्यसमा सकारात्मक प्रभाव पर्छ । यो सम्बन्धमा जुन भ्रमहरु छन् अमेरिकाको सेना आउँछ भन्ने जस्ता हुँदै नभएका कुराहरु जबकी त्यसमा कुनैपनि सैन्य प्रयोजनका लागि यो सहयोग उपयोग गर्न पाइदैन भनेर स्पष्ट छ । त्यसका बाबजुद यो भ्रम छ यि तमाम कुराहरु चिर्न प्रशिक्षण दिने ।’

अभियान सफल पार्नका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने भएको छ । फागुन २९ गते सबै जिल्लाबाट अभियानको शुभारम्भ गरिने प्रवक्ता महतले बताउनुभयो । अभियानलाई सफल बनाउन पार्टी प्रदेश कमिटी र जिल्ला कमिटीले कार्ययोजना बनाउने उहाँको भनाई छ । स्थानीय कमिटीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयार गर्ने पनि प्रवक्ता महतले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आसन्न स्थानिय तह निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा अहिले कांग्रेसले कुनै निर्णय नगरेको बताउनुभयो । कांग्रेसको अभियानमा समेत गठबन्धनको सम्बन्धमा कुनै छलफल नहुने उहाँले स्पष्ट पार्नुभयो । आगमी दिनमा पार्टीको केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर मात्रै यस सम्बन्धमा आधिकारिक निर्णय गरिने र सोही निर्णयको आधारमा अघि बढ्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘गठबन्धनको विषयमा निर्वाचनको प्रक्रियाको छलफलको क्रममा हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्छ । कार्यसमितिको बैठकले चुनावका बारेमा, चुनावी तालमेलका बारेमा, चुनावी गठबन्धनका बारेमा व्यापक छलफल गरेर निष्कर्षमा हामी पुग्छौँ । पार्टीको त्यो निष्कर्षभन्दा अगाडी अहिले गठबन्धन हुन्छ कि हुन्न ? तालमेल हुन्छ कि हुन्न ? भनेर छलफलको विषय हामी बनाउँदैनौँ । त्यो अपरिपक्व छलफल हुन्छ । त्यसैले पार्टीको केन्द्रीय कार्यसमिति, कार्य सम्पादन समितिको बैठक बस्छ । त्यो बैठकमा व्यापक छलफल हुन्छ । जसरी एमसीसीमा कांग्रेस सर्वसम्मतिले एउटा निर्णयमा पुग्यो, त्यसैरी यो चर्चामा आएको गठबन्धन चुनावी तालमेलको सम्बन्धमा सर्वसहमतीले हामी एउटा निर्णय गर्छौ । त्यो निर्णय लिएर जनताको बिचमा जान्छौँ । यसबाहेक कांग्रेस अल्मल्लिने पक्षमा छैन ।’

देशको परिस्थिति, गठबन्धन सरकारको भविष्य लगायतका तत्कालिन परिस्थितिको अध्ययन गरेर मात्रै गठबन्धनबारे सुविचारित निर्णय लिइने उहाँले बताउनुभयो ।