काठमाडौं । नेकपा एमालेमा दोस्रोपटक अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले पदभार सम्हाल्नुभएको छ ।
चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ओलीले थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदबहाली ग्रहण गर्नुभएको हो ।
पार्टी कार्यालयमा उहाँसँगै उपाध्यक्ष, महासचिव, सचिवलगायतका पदाधिकारी तथा अनुशासन, निर्वाचन र लेखा आयोगको कार्यकक्ष पनि तयार भएको छ ।
दोस्रोपटक अध्यक्ष बन्नुभएका ओलीको कार्यकाल पाँच वर्षको हुनेछ ।