१६ भाद्र २०८३, मंगलवार
,
Latest
प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर भोटेकोशी बाढीपीडितका साथमा पोखरेली गोदावरी आर्यघाटः घट्दै छ मृत्युसंस्कारको दुःख !
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विप्लव’ नेतृत्वको नेकपामाथि प्रतिबन्धित घोषणासँगै देशव्यापी सुरक्षा सतर्कता बढाइयो



अ+ अ-

काठमाडौँ । सरकारले चन्द नेतृत्वको नेकपाका गतिविधि प्रतिबन्धित घोषणा गरेसँगै प्रहरीले देशव्यापी सुरक्षा सतर्कता बढाएको छ । प्रहरी स्रोतका अनुसार दुर्गम भेगका प्रहरीचौकीमा आक्रमण हुन सक्ने भन्दै प्रहरीले सतर्क रहन निर्देशन दिएको छ ।

त्यस्तै, राजधानी र देशका सबैजसो मुख्य सहरमा गस्ती, चेकजाँच र प्रहरी परिचालन बढाइएको छ ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार सादा पोसाकका प्रहरीको परिचालन बढाइएको छ भने सूचना संकलनलाई तीव्रता दिइएको छ । प्रहरीले चन्द समूह सम्बद्धहरूको सूची तयार पार्ने, प्रत्यक्ष संग्लनलाई पक्राउ गर्ने र सदाशय राख्नेमाथि निगरानी गर्ने नीति लिएको छ ।

कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार संवेदनशील स्थानमा निगरानी, नियमित जाँच र सरप्राइज जाँच सुरु गरिएको र गस्ती बढाइएको बताए । उनले भने, ‘काठमाडौं छिर्ने र बाहिरिने नाकामा जाँच र सादा पोसाकका प्रहरी परिचालन बढाइएको छ ।’