११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द म्यान फ्रम काठमाडौं’ चलचित्र हलिउड स्तरमा निर्माण भएको छ : गुल्सन ग्रेबर



अ+ अ-

बलिउडमा कलाकार गुल्सन ग्रेबर अहिले नेपालमा छन् । उनी अभिनित नेपाली चलचित्र ‘द म्यान फ्रम काठमाडौं’को प्रिमियरमा सहभागी हुन नेपाल आएका हुन् ।बलिउडमा ब्याड म्यानको नामले परिचित उनले नेपाल आउदा खुशि लागेको बताएका छन् ।

बिहीबार सम्पन्न प्रिमियरमा गुल्सनले नेपालीमा नै बोले, ‘नमस्ते, मलाई नेपाल आउँदा धेरै खुसी लागेको छ ।’

उनले भने, ‘नेपाली चलचित्रको इतिहासमा पहिलो पटक बलिउड, हलिउडदेखि नेपाली कलाकारसम्मको अभिनय रहेको छ । नेपालमा रहेर हलिउड स्तरको चलचित्र निर्माण भएको छ । त्यसैले पनि यस चलचित्रले नेपाली चलचित्रको स्तर बढाउने छ ।’

चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ ५ करोड लगानी बनेको नेपालमा सुटिङ भएको पहिलो अङ्ग्रेजी फिल्म हो । पेमा धोन्डुपको निर्देशन रहेको फिल्ममा बलिउड कलाकार गुलशन ग्रोवर, आना शर्मा, शिशिर बाङ्देल, अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायतको अभिनय छ ।

फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा बोल्ने निर्माण युनिटले जनाएको छ ।