काठमाडौं – पछिल्लो सन्तान हुर्कदै गरेको देख्दा झापाकी कविता (नाम परिर्वतन) को मन पटक्कै खुसी हुँदैन । बच्चाको अनुहार हेर्दै जाँदा जब विगत सम्झिन्छिन्, उनको तनाव झनै बढ्छ ।
घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै वैदेशिक रोजगारीमा गएकाले कतिपय बेला गल्ती गरिएको पनि लाग्छ उनलाई । वैदेशिक रोजगारीमा जान उनको रहर त कहाँ हो र ? १० कक्षासम्म अध्ययन गरेकी उनको चहना सकेसम्म स्वदेशमै केही गरौँ भन्ने थियो । स्वदेशमा बस्दा चाहाना पूरा हुन नसकेपछि ६ वर्षअघि उनको साहारा बनेको थियो वैदेशिक रोजगार ।
त्यही वैदेशिक रोवगार उनको लागि ‘ताँवाको माछो भुङ्ग्रोमा….’ परे जस्तै भएको छ । त्यो पनि दुई वर्षलाई होइन, जिन्दगीभरिलाई । आर्थिक अवस्था सुधार गर्न भन्दै विदेश गएकी २७ वर्षीय कवितको वैदेशिक रोजगारीको आर्थिक अवस्था सुधार गुर्नको साटो साहुले जवरजस्ती करणी गरी जन्मेको सन्तानलाई कसरी हुर्काउने भन्ने समस्या थपिएको छ । यो समाचार रुद्र खड्काले नागरिकमा लेखेका छन् ।