३१ श्रावण २०८३, आईतवार
,
Latest
जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन १७ सयले बढ्दै सुन मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो?



अ+ अ-

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यले पुन: नयाँ रेकर्ड बनाएको छ ।

लगातार बढिरहेको सुनको मूल्य आज प्रतितोला १७ सयले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि भदौ ३१ गते सुनको मूल्य उच्च रेकर्ड बनाएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

आज छापावाल सुन प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार उक्त सुन प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला पाँच रूपैयाँले बढ्दै एक हजार नौ सय २० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।