२ मंसिर २०८१, आईतवार
,
Latest
कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ? आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा समुद्री सतहमुनि रहेको बाकुबाट सर्वोच्च शिखर सगरमाथाको सन्देशः ‘हिमालको हिउँ जोगाऔँ’ टेलिकमको अवरुद्ध सेवा सञ्चालन कांग्रेसका कार्यकर्ताले उम्मेदवार अपहरण गरेको भन्दै रास्वपाद्वारा निर्वाचन आयोगमा उजुरी हेटौँडा–१२ को वडाअध्यक्षमा एमाले उम्मेदवार नगरकोटीको मनोनयन दर्ता लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि बन्द भयो धरहरा कीर्तिपुरमा नेपाल मजदुर किसान पार्टीले गर्‍यो उम्मेदवारी दर्ता कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने ‘स्त्री’ पछि अब श्रद्धा कपुर नागिन बन्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार



फाईल फोटो
अ+ अ-

बलेवा । प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानकी २० वर्षीया गर्भवती सुनिला विकको हेलिकप्टरमार्फत उद्धार गरिएको जनाएको छ ।

शनिबार साँझ व्यथा लागेपछि स्थानीय स्थास्थ्य संस्थाको सल्लाहमा विकलाई परिवारले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो । स्वास्थ्य केन्द्र आउने बेला सामान्य व्यथा लागे पनि आज बिहानदेखि एक्कासी रक्तचाप बढ्ने र शरीर काप्ने, बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको स्वास्थ्य केन्द्रका डाक्टर नवीन्द्र ढकालले बताउनुभयो ।

उच्च रक्तचापको औषधि चलाउँदा शरीर काँप्ने बेहोस हुने र बच्चाको समेत मुटुको चालमा समस्या देखिएपछि सुत्केरी गराउन सम्भव नभएको डा ढकालले बताउनुभयो ।