६ आश्विन २०८१, आईतवार
,
Latest
नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा स्थित सिँचाइ आयोजनाको इन्टेकको आज निरीक्षण गर्दै मन्त्री खड्काले आयोजना सञ्चालनका क्रममा देखिएका समस्या तत्काल समाधान गर्दै किसानका खेतबारीमा सिँचाइ पुर्‍याउन निर्देशन दिनुभएको हो । “कृषिप्रधान देशमा सिँचाइको अभाव हुनुहुँदैन, बिग्रेका उपकरण यथाशीघ्र मर्मतसम्भार गरेर किसानको खेतबारीमा सिँचाइ पुर्‍याउनुहोस्”, उहाँले भन्नुभयो ।

मन्त्री खड्काले आजै कोसी नदीबाट सुनसरी र मोरङ जिल्लामा सिँचाइ लैजान प्रयोग गरिएको ‘डेज्रिङ पद्धती’को अनुगमन गर्नुभएको थियो । उक्त उपकरणको लम्बाइ नौ सय ६० मिटर, चौडाइ ८० मिटर र गहिराइ १० मिटर रहेको छ । सो उपकरणले इन्टेकबाट मूल नहरमा छिरेको बालुवा तथा ग्रेगानलाई झिक्ने काम गर्ने सिँचाइ आयोजना कार्यालयले जनाएको छ । विसं २०५२ मा निर्माण भएको दुईवटा उपकरणमध्ये हाल एउटा मात्र सञ्चालनमा छ ।

मन्त्री खड्काले बिग्रेका उपकरणको तत्काल मर्मत गर्नुका साथै त्यसको विकल्पमा नयाँ प्रविधिको अध्ययन गरेर सञ्चालनमा ल्याउनसके सिँचाइ सुविधामा सहयोग पुग्ने बताउनुभयो । सुनसरी–मोरङ सिँचाइ आयोजनामार्फत हाल सुनसरीको ४० हजार र मोरङको २८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा उपलब्ध हुँदै आएको छ ।

निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी, सिँचाइ विभागका उपमहानिर्देशक दिनेश भट्टलगायत सहभागी हुनुहुन्थ्यो । रासस