६ आश्विन २०८१, आईतवार
,
Latest
सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार



अ+ अ-

रोयटर्स, कोलम्बो । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको राष्ट्रपति चुनावमा मार्क्सवादी नेता अनुरा कुमारा दिसानायकेले ठूलो जित हासिल गरेका छन् ।

यससँगै अनुरा कुमारा दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने भएका छन्। कुल ७५ प्रतिशत मतदान भएकोमा दिसानायकेले ४९.८ प्रतिशत मत पाएका छन् । जबकि समगी जन बालवेगया नेता सजित प्रेमदासाले २५.८ प्रतिशत मत प्राप्त गरेका छन् ।

वर्तमान अध्यक्ष तथा युनाइटेड नेशनल पार्टीका नेता रनिल विक्रमासिंघेले १६.४ प्रतिशत मत प्राप्त गरेका छन् । छ पटकका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सन् २०२२ को जुलाईमा गोताबाया राजापाक्षेले राजीनामा दिएपछि अन्तरिम राष्ट्रपतिको पदभार ग्रहण गरेका थिए।

अनुरा कुमारा दिसानायकेको पार्टीको नाम जनता विमुक्ति पेरेमुना हो। यो राष्ट्रिय जनशक्तिगठबन्धनको हिस्सा हो। गठबन्धनबाट अनुरा कुमारा उम्मेदवार बनेका थिए। अनुरा कुमाराको पार्टीले अर्थतन्त्रमा बलियो राज्यको हस्तक्षेप, कम कर र थप बन्द बजार जस्ता आर्थिक नीतिहरूलाई समर्थन गरेको छ ।५५ वर्षीय अनुरा कुमार दिसानायकेलाई श्रीलंकामा भावुक भाषण दिने नेताका रूपमा चिनिन्छ।