१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनिता न्यौपानेको ‘फूलको विद्रोह’



अ+ अ-


काठमाडौँ: अनिता न्यौपानेको ‘फूलको विद्रोह’ कविता सङ्ग्रह शनिबार सार्वजनिक गरिएको छ । मञ्जरी प्रकाशन गृहले प्रकाशन गरेको उक्त कविता सङ्ग्रह राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’, कवि निमेष निखिल र कवयत्री ज्ञानु अधिकारीले सयुक्तरुपमा सार्वजनिक गर्नुभयो । 

कविता सङ्ग्रह सार्वजनिक गर्दै अध्यक्ष श्यामलले कवयत्री न्यौपानेले समाजमा आफूले देखे, भोगेका कुरालाई कवितामार्फत सार्वजनिक गरेको बताउनुभयो । उहाँले कविताको शैली पहिलेजस्तो नभई भावनात्मकरुपमा पाठक र समालोचकले पढ्ने खालको हुनुपर्ने बताउनुभयो । “कविताले भावनालाई उद्धेलित गर्ने खालको हुनुपर्दछ । पाठकको सोच्न सक्ने तन्तुलाई प्रभावित पार्नुपर्दछ”, उहाँले भन्नुभयो, 

कवि निखिलले कवयत्री न्यौपानेले आफ्ना कवितामा सौन्दर्यलाई मानिससँग जोडेर अहिलेको देश र समाजको परिवेशलाई चित्रण गरेको बताउनुभयो ।

कवयत्री अधिकारीले कविता सङ्ग्रहलाई फूलको विद्रोह नभई नारीको विद्रोहको सङ्ज्ञा दिँदै नारी संवेदना, विभेद र समानताका कुरा कवितामा उल्लेख गरिएको बताउनुभयो ।

कार्यक्रममा कवयत्री न्यौपानेले समाजमा देखिएका विकृति विसङ्गतिलाई कवितामा उतारेको बताउनुभयो । सो कविता सङ्ग्रहमा ‘एकाबिहानै’, ‘अनुहार’, ‘सुन्दरी केटीको बयान’, ‘छोरीले सिकाएको प्रेम’ लगायका कविता रहेका छन् ।