१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर भोटेकोशी बाढीपीडितका साथमा पोखरेली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनिता न्यौपानेको ‘फूलको विद्रोह’



अ+ अ-


काठमाडौँ: अनिता न्यौपानेको ‘फूलको विद्रोह’ कविता सङ्ग्रह शनिबार सार्वजनिक गरिएको छ । मञ्जरी प्रकाशन गृहले प्रकाशन गरेको उक्त कविता सङ्ग्रह राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’, कवि निमेष निखिल र कवयत्री ज्ञानु अधिकारीले सयुक्तरुपमा सार्वजनिक गर्नुभयो । 

कविता सङ्ग्रह सार्वजनिक गर्दै अध्यक्ष श्यामलले कवयत्री न्यौपानेले समाजमा आफूले देखे, भोगेका कुरालाई कवितामार्फत सार्वजनिक गरेको बताउनुभयो । उहाँले कविताको शैली पहिलेजस्तो नभई भावनात्मकरुपमा पाठक र समालोचकले पढ्ने खालको हुनुपर्ने बताउनुभयो । “कविताले भावनालाई उद्धेलित गर्ने खालको हुनुपर्दछ । पाठकको सोच्न सक्ने तन्तुलाई प्रभावित पार्नुपर्दछ”, उहाँले भन्नुभयो, 

कवि निखिलले कवयत्री न्यौपानेले आफ्ना कवितामा सौन्दर्यलाई मानिससँग जोडेर अहिलेको देश र समाजको परिवेशलाई चित्रण गरेको बताउनुभयो ।

कवयत्री अधिकारीले कविता सङ्ग्रहलाई फूलको विद्रोह नभई नारीको विद्रोहको सङ्ज्ञा दिँदै नारी संवेदना, विभेद र समानताका कुरा कवितामा उल्लेख गरिएको बताउनुभयो ।

कार्यक्रममा कवयत्री न्यौपानेले समाजमा देखिएका विकृति विसङ्गतिलाई कवितामा उतारेको बताउनुभयो । सो कविता सङ्ग्रहमा ‘एकाबिहानै’, ‘अनुहार’, ‘सुन्दरी केटीको बयान’, ‘छोरीले सिकाएको प्रेम’ लगायका कविता रहेका छन् ।