१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर भोटेकोशी बाढीपीडितका साथमा पोखरेली
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ट पत्रकार मणीन्द्रराज श्रेष्ठको निधन



अ+ अ-

काठमाडौँः राष्ट्रिय समाचार समितिका संस्थापक सदस्य एवं वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको हृदयाघातबाट शनिबार दिउँसो निधन भएको छ । 

काठमाडौँ महानगरपालिका ताहाचल निवासी श्रेष्ठलाई हृदयाघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याउने क्रममा बाटामै निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । 

उहाँ ८६ वर्षका हुनुहुन्थ्यो । उहाँको अन्त्येष्टि शनिबार साँझ पशुपतिस्थित आर्यघाटमा गरिनेछ । स्व श्रेष्ठका श्रीमती, एक छोरी र एक छोरा हुनुहुन्छ । रामराज पौड्याल, गोविन्द वियोगी र श्रेष्ठ राससका संस्थापक हुनुहुन्थ्यो ।