१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ : भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै, नेपालको प्रतिद्वन्द्वी को ?



अ+ अ-

विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

विराटनगरको शहीद मैदानमा दिउँसो तीन बजे खेल सुरु हुँदैछ । समूह ‘बी’ को अन्तिम खेलमा आज श्रीलंकाले डिफेन्डिङ च्याम्पियन भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

दुवैै टिम जितको खोजिमा हुनेछन् । यो खेलले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने टिमको टुंगो लाग्नेछ । भारत र श्रीलंकाबीचको विजेताले समूह ‘ए’को उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, भारत र श्रीलंकाबीच पराजित हुने टिमले समूह ‘ए’ को विजेता आयोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

भारतले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोलअन्तरले पराजित गरेको थियो । यता, श्रीलंकाले पनि माल्दिभ्सलाई आफ्नो पहिलो खेलमा २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

नेपालले भने बंगलादेशलाई समूह ‘ए’ को अन्तिम खेलमा ३–० गोलअन्तरले पराजित गर्दै समूह विजेता बनेको हो । आफ्नो पहिलो भुटानलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।