१६ भाद्र २०८३, मंगलवार
,
Latest
उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा : बार्सिलोनाको दबदबा कायमै, मेस्सीको ३३ औं ह्याट्रिक पुरा



अ+ अ-

काठमाडौँ । स्पेनिस जाइन्ट बार्सिलोनाले ला लिगा फुटबलको शीर्ष स्थानमा फराकिलो अग्रता कायम राखेको छ। आइतबार स्ट्राइकर लियोनेल मेसी ह्याट्रिक गरेपछि रियल बेटीसविरुद्ध बार्सिलोना ४–१ ले विजयी रह्यो।

बार्सिलोनाका लागि थप एक गोल लुइस स्वारेजले गरे। रियल बेटीसका लोरेन मोरोनले एक गोल फर्काएपनि टिमका लागि निर्णायक बन्न सकेन्। पहिलो हाफको १८ औं मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए।

४५ औं मिनेटमा पुन उनले ब्यक्तिगत तथा टिमको लागि पनि दोस्रो गोल गरे। पहिलो हाफमा २–० को अग्रता बनाएको बार्सिलोनाले खेलको ६३ औं मिनेटमा अग्रता तेब्बर बनायो। ८२ औं मिनेटमा घरेलु टोलीका मोरोनले एक गोल गर्दै खेलमा गोल अन्तर घटाउने प्रयास गरे तर ८५ औं मिनेटमा मेसीले लालिगामा ३३ औं ह्याट्रिक पुरा गरे।

जितसँगै बार्सिलोनाले लिगमा १० अंकको अग्रता कायम राखेको छ। बार्सिलोनाले २८ खेलबाट ६६ अंक जोडेको छ। दोस्रो स्थानको एथलेटिको म्याड्रिडको ५६ अंक रहेको छ। पराजित रियल बेटीस ३९ अंकसहित आठौं स्थानमा रहेको छ।