१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

राजपा नेपालले तत्काल मन्त्री हेरफेर नगर्ने

राजपा नेपालले तत्काल मन्त्री हेरफेर नगर्ने
अ अ+ अ-

काठमाडौं । प्रदेश २ को सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा), नेपालले प्रदेश सरकारमा रहेको मन्त्रीहरू तत्काल हेरफेर नगर्ने भएको छ।

गत फागुनमा प्रदेश स्तारीय बैठकमा जुटेको राजपालाई कार्यकर्ताहरूले प्रदेश २ मा मन्त्रीको कार्यसम्पादन राम्रो नभएको भन्दै फेरबदल गर्न सुझाव दिएको थियो। संघीय समाजवादी फोरमसँग गठबन्धन गरी प्रदेश २ मा सरकार बनाएको राजपाबाट तीन ‘फुल’ मन्त्री र तीन राज्यमन्त्री छन्।

बजेट विनियोजन तथा अन्य कार्यमा पार्टीको हितविपरीत काम गरेको भन्दै अध्यक्ष मण्डलसहित प्रदेश २ मा बसेको बैठकमा स्थानीय नेताहरूले प्रदेश २ सरकार हेरफेर गर्न दबाब दिएको थियो। केही दिनअघि होटल हायातमा तीन दिनसम्म बसेको अध्यक्ष मण्डलको बैठकले तत्काल मन्त्री हेरफेर नगर्ने निर्णय गरेको हो। पार्टी कार्यालयमा कार्यकर्ताको भीडले निर्णय गर्न समस्या हुने भन्दै बैठकका लागि तीन दिनसम्म होटल हायत धाएका अध्यक्ष मण्डलका छ नेताले अहिले नै मन्त्री हेरफेर गर्न उचित नहुने निष्कर्ष निकालेको हो। यद्यपि अहिलेसम्म पार्टीले निर्णय भने सार्वजनिक गरिसकेको छैन।

तत्काल मन्त्री परिवर्तन गर्ने मनस्थितिमा पुगेको राजपाले प्रदेश सरकारमा प्रभावकारी काम गर्न मन्त्रीलाई सुझाव दिन समिति गठन गर्ने निर्णय गरेको छ।
‘प्रदेश २ मा हाम्रो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू तत्काल हेरफेर हुँदैन’, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘अहिलो जो मन्त्री हुनुहुन्छ र जुन मन्त्रालय सम्हाल्नुभएको छ। त्यही कायम रहन्छ।’

तत्काल मन्त्री परिवर्तन गर्ने मनस्थितिमा पुगेको राजपाले प्रदेश सरकारमा प्रभावकारी काम गर्न मन्त्रीलाई सुझाव दिन समिति गठन गर्ने निर्णय गरेको छ।

अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवको संयोजकत्वमा गठिन पाँच सदस्यीय समितिले प्रदेश २ सरकारमा राजपाबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई आवश्यक सुझाव दिने अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए। ‘यो समितिले मन्त्रीहरूलाई प्रभावकारी काम गर्नका लागि सुझाव दिनेछ’, उनले भने, ‘मन्त्रीहरूको प्रगती विवरण हेरेर मूल्यांकन गर्छ र कसरी अघि बढ्ने भन्ने नेताहरूसँग छलफल गर्छ।’

यस्तै, बैठकले सरकारले आफूहरूसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै सदनमा संघर्ष गर्ने निर्णय गरेको राजपाले जनाएको छ। अब आफूहरूका लागि सडक संघर्षको विकल्प नभएको भन्दै त्यसका लागि आफ्ना कार्यकर्तालाई तयारी गर्दै गर्ने निर्णय भएको यादवले बताए। ‘हाम्रा लागि सबै विकल्प खुल्ला छ नि !’, उनले भने, ‘संसदमा पनि गर्छौं र आवश्यकता अनुसार आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई आग्रह पनि गर्छौं।’

यस्तै, स्थानीय तहमा राजपाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउन अध्यक्ष मण्डलका सदस्य अनिल झाको संयोजकत्वमा समिति गठन भएको छ। यो समितिले जनप्रतिनिधिको मूलयांकन र आवश्यक निर्देशन दिनेछ।

आउँदो बैशाखमा महाधिवेशनको मिति तय गरेको राजपाले समयमा महाधिवेशन गर्न नसक्ने संकेत गरेको छ। आवश्यक तयारी नपुगेकाले केही समय महाधिवेशन सर्न सक्ने राजपा स्रोतले जानकारी दियो। महाधिवेशन नजिकिएकाले कार्यकर्तालाइै प्रशिक्षण दिन राजपाले राजकिशोर यादवको संयोजकत्वमा प्रशिक्षण समिति गठन गरेको छ।

विचार मिल्ने पार्टीसँग एकता गर्न वार्ता समिति
राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि संघीय समाजवादी फोरम, नेपालसँग एकताका लागि चासो देखाइरहेको छ। फोरमले पनि एकताका लागि पत्र नै पठाएपछि एकताको पहल गर्न राजपालाई थप बल पुगेको छ।

सरकारसँग समर्थन फिर्ता लिएकै बेला विचार मिल्ने पहिचानवादी शक्तिसँग एकता र मोर्चा बन्दीका लागि आह्वान गरेको राजपाले यसका लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको अध्यक्ष मण्डलका सदस्य यादवले बताए।

राजेन्द्र महतोको संयोजकत्वमा रहेको उक्त समितिले विचार मिल्ने शक्तिसँग एकता र मोर्चाबन्दीका लागि वार्ता गर्ने यादवले नागरिकलाई जानकारी दिए।

निर्णय सार्वजनिक भएन
अध्यक्ष मण्डलको बैठक सकिएको तीन दिन बितिसक्दा पनि राजपाले अहिलेसम्म निर्णय सार्वजनिक गर्न सकेको छैन।

प्रदेशका मन्त्रीलाई निर्देशन दिन, जनप्रतिनिधिलाई समन्वयन गर्न, अन्य पार्टीसँग एकताका लागि वार्ता गर्न र प्रशिक्षणका लागि समिति बनाए पनि यसलाई पूर्णता भने दिन सकेको छैन भन्ने खबर नागरिक दैनिकमा छ ।