१४ आश्विन २०८१, सोमबार
,
Latest
नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रीना डंगोल नियुक्त उसु टोली बंगलादेश जाने एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा लगानी कोष



अ+ अ-

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका ९६ लाख कित्ता शेयरको रु ९६ करोड बराबरको प्राथमिक शेयर निस्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानीकोष रहने भएको छ ।

सो हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आज हस्ताक्षर गरिएको कोषले जनाएको छ । सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गर्नुभएको थियो । 

यस हाइड्रोपावर कम्पनीले लमजुङको दोर्दी नदीबाट ५४ मेगावाट विद्युत् उत्पादन गर्नेछ । कम्पनीको निस्काशन तथा बिक्री प्रबन्धका रुपमा सानिमा क्यापिटल रहेको छ ।