१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइभ्याली गोल्डकप फाइनल : हिमालयन शेर्पा भर्सेस क्यामरुनको दाउफीन्स, कसले जित्ला ?



अ+ अ-

इलाम । माइभ्याली गोल्डकप पाँचौ संस्करणको फाइनलमा उपाधि लागि हिमालयन शेर्पा क्लब काठमाडौं र क्यामरुनको दाउफीन्स फुटबल क्लब भिड्ने भएका छन् । दुबै कल्ब पहिलो पटक मंगलबार प्रतिष्पर्धामा उत्रिन लागेका हुन् ।

यो सिजनमा नेपालमा तीन उपाधि हात पारेको विदेशी टिम दाउफीन्स ससक्त रुपमा उत्रने तयारीमा रहेको छ। जारी सिजनका ८ प्रतियोगितामा सहभागिता जनाएको दाफिन्सले पोखरा कप, बुढासुब्बा गोल्डकप र तिलोत्तमा गोल्डकपको उपाधि हात पारेको थियो।२१ औँ बुढासुब्बा गोल्डकपको सेमिफाइलनमा पुलिसलाई सडनडेथमा हराएको दाफिन्सले सो प्रतियोगिताको उपाधि समेत जित्यो।

बुटबलमा सम्पन्न २१ औं तिलोत्तमा गोल्डकपको उपाधि भेटमा पुलिस सडनडेथमा नै पराजित बनेको थियो। पोखराको आहारारा गोल्डकपको १७ औं संस्करणमा दाफिन्सले पुलिसलाई तेस्रो पटक हराएको थियो। बलिया र अग्ला कदका अफ्रिकी खेलाडी नेपाली टिमका लागि चुनौती बनेका थिए।

हिमालयन शेर्पा पनि जारी प्रतियोगिताकै क्रममा साविक विजेता थ्री स्टार क्लबलाई पराजित गरी अग्रभागमा आइपुगेको छ। शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीले अघिल्ला खेलभन्दा उत्कृष्ट खेल प्रर्दशन गर्ने तयारीमा रहेको बताए। हिमालयन शेर्पाले डिफेन्डिङ च्याम्पियन थ्रीस्टारलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो। यस संस्करणमा फाइनलमा भिडने टोलीहरु नयाँ हुन्।

सिजनमा दोश्रो विशाल मेमोरियल गोल्डकपमा विभागिय टिम त्रिभुवन आर्मीसँग सडनडेथमा पराजित बन्दै हिमालयन शेर्पा उपविजेता बनेको थियो। पोखरा कपमा अर्को विभागीय टिम एपिएफसँग २ण्१ ले पराजित हुन पुग्यो।

दुवै टिमका टोलि टीम मेनेजरहरुले गोल्डकपको उपाधि रक्षा गर्ने दावि प्रस्तुत गरेका छन् । सोमबार टुँडिखेलमा आयोजित प्री म्याच कन्फ्रेन्समा उनीहरुले दर्शकहरुसामु स्तरिय खेल प्रस्तुत गर्ने बताए ।

गत फागुन २६ देखि शुरु भएको माइभ्याली गोल्डकपमा देश विदेशका दश टिम सहभागि भएका थिए । प्रतियोगिताको पहिलो पुरस्कार राशी सात लाख रुपैया रहेको छ । माइभ्याली गोल्डकपमा दर्शकहरुको उपस्थिति बाक्लो रहने गरेको छ ।