१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केरुङ– काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि १७ अर्ब माग



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ– काठमाडौँ रेलमार्गको लागि सरकारसँग बजेट माग गरेको छ ।

मन्त्रालयको सोमबार संघीय संसदको अर्थ समितिको बैठकले फिजिबिलिटी अध्ययन (सम्भाव्यता अध्ययन)का लागि तत्काल १७ अर्ब बजेट माग गरेको हो । मन्त्रालयका सचिव मधुसुदन अधिकारीले हालको लागि उक्त अध्ययनको लागि १६ अर्ब खाँचो रहेको बताए । उनले उक्त अध्ययन नेपाल एक्लैले मात्रै गर्न नसक्ने भएका कारण चीन सरकारको सहयोग रहने स्पष्ट पारे ।

मन्त्रालयका अनुसार केरुङ–काठमाण्डौ रेलमार्ग निर्माणको फिजिबिलिटी अध्ययनका लागि झण्डै ३५ अर्ब लाग्ने अनुमान गरिएको छ ।

सचिव अधिकारीले चालू आर्थिक वर्ष भित्र आफ्नो मन्त्रालयले लक्ष्य अनुसार नै पूँजीगत खर्च गर्ने दाबी पनि गरे ।