१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर

भारत सरकारले सर्लाही, रौतहट र सप्तरीमा ग्यास चुल्हो र सिलिण्डर उपलब्ध गराउने

भारत सरकारले सर्लाही, रौतहट र सप्तरीमा ग्यास चुल्हो र सिलिण्डर उपलब्ध गराउने
अ अ+ अ-

काठमाडौ । भारत सरकारले मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एल.पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री उपलब्ध गराउन भएको छ । सामग्री उपलब्ध गराउन बारे भारतीय राजदूतावास, काठमाडौं र नेपाल–भारत महिला मैत्री समाजबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सहयोग उपलब्ध गराईएको दुताबासले जनाएको छ ।

समझदारी पत्र अनुसार भारत सरकारको नेरु २ करोड ४ लाख ९० हजार अनुदान सहयोगमा मधेस प्रदेशका तीन जिल्लामा ३००० वटा एल.पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री नेपाल–भारत महिला मैत्री समाजमार्फत उपलब्ध गराउने छ । दूताबासका अनुसार  यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको  आजादीका अर्मत महोत्सव अन्तगर्त यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक हो । दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण क्षेत्रका घरपरिवारसम्म एल।पी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार गर्न हेतु भारत सरकारले ल्याएको “प्रधानमन्त्री उज्ज्वला योजना” बाट यो योजना प्रेरित रहेको दूताबासले जनाएको छ ।

दूताबासका अनुसरा सन् २००३ यता भारतले नेपालमा स्वस्थ्य, शिक्षा, खानेपानी तथा सिँचाइ, विद्युतीकरण आदिका क्षेत्रमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये सर्लाहीका १९, रौतहटका ५ र सप्तरीका ९ गरी मधेस प्रदेशमा ८१ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले यी तीन जिल्लामा हालसम्म ८७ वटा एम्बुलेन्स र तीनवटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

दुताबासका अनुसार नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ । यस योजनाको कार्यान्वयनले जनताको जीवनस्तरलाई उकास्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले गर्दै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने जनाएको छ ।