• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल

निर्मला प्रकरणः तत्कालीन एसपी विष्ट अदालतमा हाजिर, डिएसपी अंगुर जीसी अझै फरार



काठमाडौँ । निर्मला पन्त बलात्कार–हत्या प्रकरणको प्रमाण मेटाउन र निर्दोषलाई यातना दिने कार्यमा संलग्न भ‍एको आरोप लागेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । विष्ट सोमबार जिल्ला अदालत कञ्चनपुुरमा हाजिर भएका हुन् ।

विष्ट र छानबिनमा संलग्न डिएसपी अंगुर जीसीलाई जिल्ला अदालत, कञ्चनपुरमा उपस्थित हुन आदेश दिइएको थियो । तोकिएको समयमा पनि दुबै जना उपस्थित नभएका कारणले अदालतले २१ दिन म्याद थपेको थियो । फागुन २३ गते बिहीबार दोस्रो दिन पनि अदालतमा उपस्थित नभएपछि उनीहरुलाई फरार सूचीमा राखिएको थियो।

विष्टमाथि निर्मला पन्तको हत्या भएको अवस्थामा शव फेलापरेपछि प्रमाण नष्ट गरेको अभियोग छ । उनीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी र दिलिप सिंह विष्टका दाई खडक सिहं विष्टले प्रहरी मार्फत मुद्दा दायर गरेका थिए ।

यसअघि गत फाुगन ३० गते यही प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको अभियोग लागेका पूर्वप्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान बहादुर सेट्ठीसहित ६ प्रहरीलाई अदालतले धरौटीमा छाडेको थियो ।

न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रमाण नष्टमा ५ र यातनामा ४ लाख गरी ९ लाख धरौटी मागिएको छ ।

यस्तै, प्रहरी निरीक्षक जगदीश भट्टलाई ४ लाख, सई हरिसिंह धामीलाई ३ लाख ५० हजार, अर्का सई रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी माग गरिएको छ ।

यसअघि फाल्गुन २३ गते बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि अवकास पाईसकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

खड्ग विष्टले आफ्नो भाइलाई पक्राउ गरेर यातना दिएको भन्दै तत्कालीन डिएसपी सेट्ठी, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का विरुद्धमुद्दा दायर गरेका थिए ।

निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको अभियोगमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद बिरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

तत्कालीन एसपी विष्ट सहित ८ जनाले निर्मलाको बलात्कार–हत्या प्रकरणसँग सम्बन्धित प्रमाण नष्ट गरेको र असम्बन्धित मानिसहरुलाई शारीरिक तथा मानसिक यातना दिएको आरोप छ । यही अभियोगअनुसार उनीहरुविरुद्ध अदालतमा मुद्दा परेको हो ।

सरकारले विष्ट र इन्सपेक्टर भट्टलाई सेवाबाट बर्खास्त गरेको थियो भने अन्य ६ जना निलम्बनमा छन् ।

१० साउनमा साथी रोशनी बमको घरमा गएकी १३ वर्षीया निर्मलाको बलात्कार गरी हत्या गरेको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो ।