१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिस, हङकङ र सिंगापुर विश्वका सर्वाधिक महङ्गो शहर



अ+ अ-

काठमाडौँ । पेरिस, हङकङ र सिंगापुर विश्वका सर्वाधिक महङ्गो शहर बनेका छन् । विश्वका १ सय ३३ वटा शहरमा ईकोनमिस्ट ईन्टेलिजेन्ट यूनिट सर्भेले गरेको अध्ययनपछि पहिलो पटक फ्रान्सको पेरिस, चीनको हङकङ र सिंगापुरको सिंगापुरलाई महङ्गो शहरको सूचीमा शीर्ष स्थानमा राखेको हो ।

गतबर्ष गरिएको सर्भेले पेरिसलाई दोस्रो नम्बरको सूचीमा राखेको थियो । सर्भेले खाना, बस्न तथा विभिन्न क्रियाकलापका लागि लाग्ने रकमको लेखाजोखा गरी १० महङ्गा शहरको सूची सार्वजनिक गरेको हो ।

त्यस्तै स्वीट्जरल्याण्डको जुरिच र जेनेभा, जापानको ओसाका, दक्षिण कोरियाको सोल, डेनमार्कको कोपनहेगेन र अमेरिकाको न्यूयोर्क पनि महंगा शहरको सूचीमा परेका छन् ।

इजरेलको तेल अभिभ र अमेरिकाको लस एन्जेलसलाई पनि यूनिट सर्भेले महङ्गो १० शहरको सूचीमा राखेको छ ।

त्यस्तै, सर्भेका अनुसार विश्वका सर्वाधिक सस्ता शहरको सूचीमा भेनेजुएलाको काराकस पहिलो नम्बरमा छ । सिरियाको दमासकस दोस्रो र उज्वेकिस्तानको टासकेन्ट तेस्रो नम्बरमा परेका छन् । कजाकस्तानको अलमाटी, पाकिस्तानको कराँची, नाईजेरियाको लागोस, अर्जेन्टिनाको बोएनोस एरिस तथा भारतको बैंगलोर, चेन्नई र नयाँ दिल्ली पनि सस्तो शहरको सूचीमा परेका छन् ।