१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईजीपी बन्न असफल पूर्वडीआइजी फोरमको नेतृ बन्न सफल



अ+ अ-

काठमाडौँ । योग्य भएपनि आईजीपी बन्न असफल नेपाल प्रहरीका पूर्वडीआइजी पार्वती थापा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छिन् ।

केही दिन पहिले फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादव चितवन गएको बेला उनलाई पार्टीमा प्रवेश गराइएको थियो । यादवले थापा आफ्नो पार्टीमा प्रवेश गर्नुलाई लिएर सकारात्मक रुपमा लिएको बताए । उनले भने, फोरम नेपाल पहिलो महाधिवेशनको तयारीमा गरिरहेको बेला थापा पार्टी प्रवेश गर्नुलाई अर्थपूर्ण रुपमा लिएको छु ।

‘थापामाथि राजनीतिक पार्टीबाट थिचोमिचो भएका कारण राजनीतिबाटै समाधान देखेपछि उनी आफ्नो पार्टीमा आएको हुन् । “यादव”ले भने, योग्य भएपनि थापालाई आईजीपीको दौडबाट निकालिएको थियो त्यसैले उहाँ हाम्रो पार्टीमा प्रवेश गर्नु भएको हो ।’

थापालाई त्यतिबेला उपेन्द्रकान्त आर्यालले सो पदमा उछिनेका थिए । उनी पार्टीमा प्रवेश गरेपनि हालसम्म कुनै जिम्मेवारी भने नदिइएको यादवले बताए । बैशाख २७ गतेदेखि शुरु हुन गइरहेको महाधिवेशबाट नै उनलाई पार्टीमा कुन जिम्मेवारी दिने हो सो कुराको टुङ्गो लाग्ने यादवले बताए ।

यसअघि मात्रै डीआईजी नवराज सिलवाल नेकपा प्रवेश गरेका थिए । तत्कालीन एमालेबाट ललितपुर–१ मा उम्मेदवारी दिएका सिलवाल हाल संघीय संसदका सांसद् छन् ।