१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुकेश अम्बानीले भाइलाई जेल जानबाट यसरी जोगाए



अ+ अ-

नयाँदिल्ली । सुरुवातमा मुकेश अम्बानी र अनिल अम्बानीलाई बुवा धिरुभाइ अम्बानीबाट व्यवसायको ठूलो साम्राज्य प्रप्त भयो। जब धिरुभाइको मृत्यु भयो मुकेश र अनिलबीचको सम्बन्ध सुखद रहेन।

सम्बन्ध जे-जस्तो भएपनि मुकेशले अनिललाई जेल जानबाट बचाएका छन्। अनिलले ७.७ करोड डलर स्विडेनको कम्पनी एरिक्सनलाई यही हप्ता बुझाउनु पर्ने थियो। ऋण नतिरे उनी जेल चलान हुनेथिए। तर, यो अफ्ठ्यरो समयमा अनिललाई मुकेशले साथ दिएर जेल जानबाट जोगाएका छन्।

मुकेश विश्वका सबैभन्दा धनी उद्योगपतिमा पर्छन्। फाइनान्सियल टाइम्सका अनुसार मुकेशसँग ४२ अर्ब डलरको सम्पत्ति छ। अहिले अनिललाई मुकेशले बचाए पनि उनको रिलायन्स कम्युनिकेशन्स डुब्नुमा मुकेशको नयाँ टेलिकम कम्पनी जियोको पनि महत्वपूर्ण योगदान छ।