२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विप्लव’ नेतृत्वको नेकपालाई हतियार बुझाउन वैशाख ५ गतेसम्म समय



अ+ अ-

भैरहवा । रुपन्देही जिल्ला प्रशासनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई हतियार बुझाउन आग्रह गरेको छ। प्रशासनले हातहतियार बुझाउनका लागि अगामी वैशाख ५ गतेसम्म समय दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना सार्वजनिक गर्दै कानुन बमोजिम लिनुपर्ने इजाजत, नविकरण, नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले राखिएको भए पनि हतियार बुझाउन आग्रह गरेको हो।

नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेना ब्यारेकमा त्यस्ता हातहतियार बुझाउन सकिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।