• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

नेकपाको एकता प्रक्रिया अन्योलमा, छलफल नै हुन सकेन्



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्लो तहको एकता प्रक्रिया केही दिन लम्बिने भएको छ । यसै सातादेखि एकता विषयमा छलफल हुने भनिएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जानु भएपछि एकता प्रक्रियामा एकसाताका लागि लम्बिएको हो । उहाँको भ्रमण सातदेखि १० दिनसम्म रहेको छ । अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्केपछि मात्र सचिवालयको बैठक बस्ने भएको छ ।

सचिवालयका सदस्य वामदेव गौतमले भन्नुभयो, ‘एकताको विषयमा पार्टीमा कुनै छलफल भएको छैन । कार्यदलले हालसम्म प्रतिवेदन पनि बुझाएको छैन । अब अध्यक्ष प्रचण्ड अमेरिकाबाट नफर्केसम्म सचिवालयको बैठक बस्दैन होला ।’
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जेठ ३ गते एकीकरण भएको थियो । मूल कमिटी मात्र एकीकरण गरेका नेकपाले सम्पूर्ण एकता प्रक्रिया तीन महिनाभित्र टुङ्गो लगाउने निर्णय गरेको थियो । त्यसका लागि विभिन्न कार्यदल पनि बनाइएको थियो तर लामो समयसम्म कार्यदलले एकता प्रक्रिया टुङ्ग्याउन सकेन । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।