१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्मका बारेमा मात्रै होइन, संघीयता र गणतन्त्रबारेपनि जनमत संग्रह गर्नु पर्छ : कोइराला



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले धर्मसँगै संघीयता र गणतन्त्रबारे समेत जनमत संग्रह गर्न आफ्नो पार्टी तयार रेहेको बताएका छन् । संविधानका धारामा नै जनमत संग्रह गर्न पाउने भनेर उल्लेख भएको भन्दै उनले जनमत संग्रह गराउनुपर्ने बताए ।

बुधबार टोखास्थित आफ्नै निवासमा होलीको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले धर्मबारे जनमत संग्रहको वकालत गरेका हुन् ।

धर्मिक स्वतन्त्रता वा धर्मबारे जनमत संग्रह गर्ने गर्ने विकल्प रहेको भन्दै जनमत गर्दा पार्टीले हस्तक्षेप गर्न नहुने बताए । संघीयता र गणतन्त्रबारे पनि जनमत संग्रह गर्नुपर्ने माग आउँला, कांग्रेस तयार छ भन्ने प्रश्नमा महामन्त्री कोइरालाले भने, ‘तयार छ । किन तयार नहुनु ?’

हिन्दु धर्मको वकालत गर्दै आएका कोइरालाले लामो समयदेखि धर्मबारे जनमत संग्रह गर्नुपर्ने माग गर्दै आएका छन् ।