२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्मका बारेमा मात्रै होइन, संघीयता र गणतन्त्रबारेपनि जनमत संग्रह गर्नु पर्छ : कोइराला



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले धर्मसँगै संघीयता र गणतन्त्रबारे समेत जनमत संग्रह गर्न आफ्नो पार्टी तयार रेहेको बताएका छन् । संविधानका धारामा नै जनमत संग्रह गर्न पाउने भनेर उल्लेख भएको भन्दै उनले जनमत संग्रह गराउनुपर्ने बताए ।

बुधबार टोखास्थित आफ्नै निवासमा होलीको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले धर्मबारे जनमत संग्रहको वकालत गरेका हुन् ।

धर्मिक स्वतन्त्रता वा धर्मबारे जनमत संग्रह गर्ने गर्ने विकल्प रहेको भन्दै जनमत गर्दा पार्टीले हस्तक्षेप गर्न नहुने बताए । संघीयता र गणतन्त्रबारे पनि जनमत संग्रह गर्नुपर्ने माग आउँला, कांग्रेस तयार छ भन्ने प्रश्नमा महामन्त्री कोइरालाले भने, ‘तयार छ । किन तयार नहुनु ?’

हिन्दु धर्मको वकालत गर्दै आएका कोइरालाले लामो समयदेखि धर्मबारे जनमत संग्रह गर्नुपर्ने माग गर्दै आएका छन् ।