• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   जुवाको खालबाट २२ जना पक्राउ ★   उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट ★   काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती ★   सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत फेला ★   तीन महिनामा मरे तीन पाटेबाघ ★   सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप, सत्तारुढ दलहरु सभामुखको बचाउमा ★   किसानलाई वरदान बन्यो झोलुङ्गे पुल ★   आशा छ धोनीले अर्को सिजन पनि खेल्नेछन्: सीएसकेका सीईओ विश्वनाथन ★   जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद: हिमाल भएका देशका समस्याबारे समान धारणा बनाउन सफल ★   निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल

सभापतिको दावेदार मान्ने नेविसंघ निवर्तमान सहमहामन्त्री घिमिरेको यस्तो छ चर्तिकला



काठमाडौँ । प्रदेश र प्रतिनीधि सभाको निर्वाचनमा पार्टीलाई अन्तरघात गरेको आरोप लागेमा कारवाहीमा परेका सह माहामन्त्री प्रकाश घिमिरेलाई नेपाल विद्यार्थी संघको सभापतिमा मनोनित गर्ने भएका छन् । विद्यार्थी संघ र पार्टीभित्र चुनावमा अन्तरघात गर्नेलाई नै पार्टीले सभापति बनाउन थालेको भन्दै चर्चा चुलिएको छ ।

तत्कालीन अध्यक्ष नैनसिंह महरले माघ २८ गते राजिनामा दिएसँगै नेविसंघ नेतृत्व विहिन बनिरहदाँ पछिल्लो समय व्यक्ति पिच्छे नेपाली काँग्रेस पार्टीमा गुट–उपगुटको हाबी हुँदा संगठनको नेतृत्वमा पनि बिभिन्न विद्यार्थी नेताको चर्चा चुलिने क्रममा रहेको छ ।


२०७४ साल पौष २८ गते प्रदेश र प्रतिनीधि सभाको निर्वाचन पार्टीलाई गरेको भन्दै वडा अध्यक्ष दिरेप चौधरी सहित दर्जनौ नेता कार्यकर्तालाई कारवाहीको लागी सिफारीस गरेको हो । उक्त सिफारीसमा सह माहामन्त्री घिमिरे पनि परेका थिए ।

निर्वाचनमा पार्टीका नेतालाई सहयोग गर्नुको सट्टा भित्र भित्रै अन्तरघात गर्ने सहमाहमन्त्री घिमिरेलाई पार्टी सभापति शेर बहादुर देउवाले नेविसंघको जिम्मेवारी सुम्पीदा नेता कार्यकर्ता रुष्ट बन्दै अन्तरघाती नेताले संगठनलाई कसरी अगाडी बढाउला भनेर चिन्तीत बनेका छन् ।

निर्वाचनामा तत्कालिन एमाले र माओवादी पार्टीसंग लज्जास्पद हार ब्यहोरेको कांग्रेसले पार्टीका नेता कार्यकर्ताले अन्तरघात गरेको भन्दै छानबिन समित गठन गरेको थियो ।