३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापतिको दावेदार मान्ने नेविसंघ निवर्तमान सहमहामन्त्री घिमिरेको यस्तो छ चर्तिकला



अ+ अ-

काठमाडौँ । प्रदेश र प्रतिनीधि सभाको निर्वाचनमा पार्टीलाई अन्तरघात गरेको आरोप लागेमा कारवाहीमा परेका सह माहामन्त्री प्रकाश घिमिरेलाई नेपाल विद्यार्थी संघको सभापतिमा मनोनित गर्ने भएका छन् । विद्यार्थी संघ र पार्टीभित्र चुनावमा अन्तरघात गर्नेलाई नै पार्टीले सभापति बनाउन थालेको भन्दै चर्चा चुलिएको छ ।

तत्कालीन अध्यक्ष नैनसिंह महरले माघ २८ गते राजिनामा दिएसँगै नेविसंघ नेतृत्व विहिन बनिरहदाँ पछिल्लो समय व्यक्ति पिच्छे नेपाली काँग्रेस पार्टीमा गुट–उपगुटको हाबी हुँदा संगठनको नेतृत्वमा पनि बिभिन्न विद्यार्थी नेताको चर्चा चुलिने क्रममा रहेको छ ।


२०७४ साल पौष २८ गते प्रदेश र प्रतिनीधि सभाको निर्वाचन पार्टीलाई गरेको भन्दै वडा अध्यक्ष दिरेप चौधरी सहित दर्जनौ नेता कार्यकर्तालाई कारवाहीको लागी सिफारीस गरेको हो । उक्त सिफारीसमा सह माहामन्त्री घिमिरे पनि परेका थिए ।

निर्वाचनमा पार्टीका नेतालाई सहयोग गर्नुको सट्टा भित्र भित्रै अन्तरघात गर्ने सहमाहमन्त्री घिमिरेलाई पार्टी सभापति शेर बहादुर देउवाले नेविसंघको जिम्मेवारी सुम्पीदा नेता कार्यकर्ता रुष्ट बन्दै अन्तरघाती नेताले संगठनलाई कसरी अगाडी बढाउला भनेर चिन्तीत बनेका छन् ।

निर्वाचनामा तत्कालिन एमाले र माओवादी पार्टीसंग लज्जास्पद हार ब्यहोरेको कांग्रेसले पार्टीका नेता कार्यकर्ताले अन्तरघात गरेको भन्दै छानबिन समित गठन गरेको थियो ।