१३ आश्विन २०८१, आईतवार
,
Latest
सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिब्बती शरणार्थीको विदेश मोह, भारतलाई बनाए सुनसान



अ+ अ-

मुम्बई । भारतमा तिब्बती शरणार्थीको संख्या ७ वर्षमा ४४ प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ । भारत सरकारको तथ्यांकअनुसार सन् २०११ मा भारतस्थित तिब्बती शरणार्थीको संख्या १ लाख ५० हजार रहेकामा हाल ८५ हजार मात्र छ ।

धर्मशालाका अधिकारीका अनुसार अधिकांश तिब्बतीहरू अमेरिका, क्यानडा, जर्मनी र स्विजरल्यान्ड गइसकेका छन् । केही भने तिब्बतमै फर्केको बताइएको छ । विभिन्न ४० देशमा तिब्बतीको संख्या १ लाख ५० हजार रहेको तिब्बती अधिकारीको भनाइ छ । सन् १९५९ को मार्चमा तिब्बतलाई चीनले कब्जामा लिएको घटनाको यसै महिना ६० वर्ष पुगेको छ ।

३४ वर्षीय कुन्साङ तेन्जिङ पनि अब भारत छाड्ने विचार गर्दै छन् । ‘यहाँ पैसा कमाउन धेरै गार्‍हो छ, जागिर पनि केही छैन,’ उनले भने । कागजातमा बाहेक तिब्बतीलाई भारत सरकारले औपचारिक रूपमा शरणार्थीको मान्यता दिएको छैन । उनीहरूलाई विदेशीका रूपमा लिइन्छ ।

भारतले १९५१ मै राष्ट्रसंघको शरणार्थीसम्बन्धी महासन्धिमा हस्ताक्षर गर्न अस्वीकार गरेको थियो । ‘यही कारण तिब्बतीलाई सरकारी जागिर दिइँदैन र कहिलेकाहीँ विश्वविद्यालयले समेत भर्ना लिँदैन,’ धर्मशालास्थित केन्द्रीय तिब्बती प्रशासनका प्रवक्ता सोनाम नोर्बु दाग्पोले भने । उनका अनुसार तिब्बतबाट भागेर आउनेको संख्या पनि घटेको छ । विगतमा १ वर्षमा ३ हजार जनासम्म आउने गरेकोमा गत वर्ष १ सय जनामात्र आए ।

तिब्बतीलाई आर्थिक समस्या प्रमुख रूपमा रहेको छ । उनीहरूलाई कुनै पनि सम्पक्ति खरिदबित्री गर्न या बैंक क्रेडिट कार्ड लिन मुस्किल छ । पछिल्लो समय भारतीय सरकारले कर्मचारी र नेतालाई प्रवासी तिब्बती सरकारको कार्यक्रममा सहभागी हुन रोक लगाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको वार्तापछि यस्तो निर्देशन आएको थियो ।