३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले गर्नुभयो ग्लोबल आइएमई क्यापिटलमार्फत शेयरमा आवेदन



अ+ अ-


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशुली थ्री बी आयोजनाको शेयरका लागि ग्लोबल आइएमई क्यापिटल मार्फत आवेदन दिनुभएको छ ।


‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ भन्ने नाराका साथ थालिएको जनताको जलविद्युत कार्यक्रमअन्तर्गत बिहीबार बिहान प्रधानमन्त्री ओलीले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी आयोजनाको शेयर किन्न ग्लोबल आइएमई क्यापिटलमार्फत पहिलो आवेदकको रुपमा आवेदन दिनुभएको हो ।


सो शेयरमा आवेदन दिन प्रधानमन्त्री ओलीले ग्लोबल आइएमई बैंक लिमिटेडमा आवश्यक बैंक खाता खोल्नुभएको उक्त बैंकले जनाएको छ ।


प्रधानमन्त्रीको साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, उर्जा जलस्रोत एवम् सिंचाई मन्त्री बर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्तीले पनि ग्लोबल आइएमई क्यापिटलमार्फत शेयर आवेदन गर्नुभएको थियो ।