१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाको पिआर लिन ल्यायो नयाँ यस्तो नियम



अ+ अ-

अष्ट्रेलियाली सरकारले आप्रवासीका लागि वर्षैपिच्छे प्रदान गर्दै आएको परमानेन्ट भिसा (पिआर) अर्थात् स्थाई बसोबास अनुमतिमा कटौती गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बुधबार नयाँ आप्रवासी नीति ल्याएको घोषणा गरेका छन् ।

नयाँ नीति अनुसार हरेक वर्ष अष्ट्रेलियाले स्विकार्दै आएको आप्रवासीहरुको संख्या १ लाख ९० हजारलाई घटाएर १ लाख ६० हजारसम्म पुर्याइने स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।

विशेषगरी यहाँका दुई ठूला शहर सिड्नी र मेलबर्नको चाप कम गर्न र ग्रामीण क्षेत्रमा पनि जनसंख्या बाँड्न उद्देश्यसहित सरकारले नयाँ ग्रामीण भिसाको नियम लागु गरेको छ । नयाँ ग्रामीण भिसाहरूका लागि २३ हजार स्थान छुट्याइने छ। तीन गुणाको सङ्ख्यामा भएको उक्त वृद्धिका साथ स्थायी भिसाको लागि आवेदन दिन अब आप्रवासीले दुई होइन तीन वर्ष पर्खनुपर्ने छ।

यसका साथै, सिपयुक्त कामदारलाई देशको ग्रामीण क्षेत्रमै कम्तीमा तीन वर्षसम्म बसेपछि मात्र स्थायी भिसाको आवेदन हाल्न पाउने प्रावधान लागू भएको छ । उक्त नयाँ नीतिपश्चात्, अब अष्ट्रेलियामा पिआरका लागि आवेदन दिनका लागि योग्न हुनलाई अष्ट्रेलियाका ग्रामीण क्षेत्रमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्नेछ ।

यो नयाँ नीतिले अष्ट्रेलियामा टेम्पोररी भिसा (अस्थायी भिसा) मा बसिरहेकालाई पिआर पाउन थप समस्या हुने बताइएको छ ।

साथै अष्ट्रेलियाली सरकारले अन्तरराष्ट्रिय विद्यार्थीलाई सिड्नी, मेलबर्न र दक्षिणपूर्वी क्विन्सल्याण्ड बाहिरका विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहित गरेको छ । ग्रामीण क्षेत्रका विश्वविद्यालय रोज्ने हजारजनालाई अष्ट्रेलियाली सरकारले १५ हजार डलरको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । साथै, अन्तरराष्ट्रिय विद्यार्थीहरुले यहाँका ग्रामीण क्षेत्रका विश्वविद्यालयमा अध्ययन गरेको खण्डमा एक वर्ष पोष्ट स्टडी भिसा अनुदान स्वरुप पाउनेछन् । हालसम्म स्नातक गरेका अन्तरराष्ट्रिय विद्यार्थीहरुले पढाई सकेपछि दुई वर्षमात्र पोस्ट स्टडी भिसा पाउँथे ।

प्रधानमन्त्री मरिसनले यो नीति केबल अष्ट्रेलियाका शहरहरुमा मानिसको बढ्दो चाप कम गर्न मात्र भएको स्पष्ट पारेका छन् ।

‘हाम्रा जनसंख्या देशको आर्थिक विकास गर्ने मुख्य स्रोत हुन् । यदि उनीहरुलाई राम्रोसँग व्यवस्थित गर्न सकिएन भने विकास खस्कन सक्छ,’ मोरिनले भने ।

गत वर्ष देखिनै चर्चा हुँदै आएको यो योजनाले बुधबारदेपख औपचारिकता पाएको हो ।